राष्ट्रिय जनमोर्चाले बागलुङमा प्रदेश सांसदको लागि शाहीलाई उठाउँने

आदर्श अनलाईन, बागलुङ ।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बागलुङमा राष्ट्रिय जनमोर्चाले खिमविक्रम शाहीलाई उमेदवारको रुपमा छनौट गरेको छ ।

मंगलबार बसेको राष्ट्रिय जनमोर्चाको बैठकले बागलुङ क्षेत्र नम्बर २ ‘ख’ मा प्रदेश सभा सदस्यका लागि खिमबिक्रम शाहीलाई उमेदवार छनौट गर्ने निर्णय गरेको हो । राष्ट्रिय जनमोर्चाको जिल्ला समिति सदस्य रहेका शाहीलाई बामपन्थी गठबन्धनबाट उमेदवारको रुपमा उठाउँने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले बताउँनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य अन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’बाट निर्वाचित टेकबहादुर घर्तीको निधन भएपछि रिक्त रहेको थियो । उपनिर्वाचनमा जिल्लाको क्षेत्र नं २ को प्रदेशसभा ‘ख’बाट ३६ हजार ९ सय २६ मतदाता निर्वाचनमा सहभागि हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *