बाढीले बाटो बन्द, नवलपुर जिल्ला अस्पतालमै सफल शल्यकृया

आदर्श अनलाइन, नवलपुर
गण्डकीको कान्छो जिल्ला नवलपुर जिल्ला अस्पतालमा पहिलोपटक गर्भवतीको सफल शल्यकृया भएको छ । कावासोती नगरपालिका – १२ की २६ वर्षीया महिलालाई सुरक्षित तरीकाले शल्यक्रिया मार्फत सुत्केरी गराईएको हो ।

‘मध्यबिन्दु जिल्ला अस्पतालले अहिलेसम्म शल्यक्रियामार्फत प्रसुति गराएको थिएन । चितवनका अस्पतालहरुमा पुगेर अप्रेशन गर्नुपर्ने प्रकृतिका सेवा लिने सेवाग्राही गैंडाकोटको डाईभर्सनका कारण सडक अवरुद्ध भएकाले जिल्ला अस्पताल आउनुभयो ।’ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट बीरबहादुर थापाले भने ‘रेफर गर्नुपर्ने केश थियो । बाटोका कारण पुर्याउन कठिन थियो । हामीले उपलब्ध स्रोत–साधन र जनशक्तिको उपयोग गर्दै सफल शल्यक्रिया गर्यौं ।’

उनका अनुसार अस्पतालमा ल्याईपुर्याउँदा ति महिलाको अवस्था गम्भीर थियो । ति महिलामा पे्रसर बढ्ने, बेहोस हुने, शरीर काप्ने लगायतका लक्षण सहित स्वास्थ्य अवस्था जटिल हुदै गएको थियो । यद्यपि, अहिले आमा–बच्चा दुबैको अवस्था सामान्य छ ।

एमडीजिपी डा. कमलराज न्यौपाने सहित उनको टीमले पहिलोपटक सफलतापुर्वक प्रसुति सम्वन्धि शल्यक्रिया गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *