काठेखोला गाउँपालिकालाई पत्रकार महासंघ बागलुङद्वारा स्वास्थ्य सामाग्री सहयोग


आदर्श अनलाइन, बागलुङ

नेपाल पत्रकार महासंघ बागलुङ शाखाले कोभिड–१९ रोकथाम तथा संक्रमितको उपचारका लागि बागलुङका पालिकाहरुलाई स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरोनाको दोस्रो लहर समुदायमा फैलिएको र मानवीय क्षतिसमेत बढी हुन लागेकोले महासंघले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा स्थानीय सरकारलाई थप सहयोग पुगोस् भनी काठेखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।

दुई थान अक्सिजन कन्सन्ट्रेटर, मास्क, सेनिटाइजरलगायतको स्वास्थ्य सामग्री महासंघका अध्यक्ष कँडेलले काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापालाई हस्तान्तरण गरेको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखालाई एक थान अक्सिजन कन्सन्ट्रेटर र लेखानी स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराएको पत्रकार महासंघले जनाएको छ ।

काठेखोला गाउँपालिकालाई उपलब्ध स्वास्थ्य सामग्रीले कोरोना रोकथाममा सहयोग पुग्ने र स्वास्थ्यकर्मींहरुको मनोबल पनि उच्च हुने काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो ।

यस अघि महासंघले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरि सकेको महासंघको सचिव विजय रानाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *