बडिगाडमा एकै पटक ३४ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङको बडिगाड गाउँपालिकामा एकै दिन ३४ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

बडिगाड गाउँपालिकाको खार र खर्बाङका १५० जनाको पिसिआर परीक्षण गरिएकोमा ३४ जनाको पोजेटिभ आएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चुडामणी कँडेलले जानकारी दिनुभयो ।

संक्रमित सबै वडा नम्बर २ का रहेको गाउँपालिकाले जनाएको छ । अझै ४६ जनाको रिपोर्ट आउन बाँकी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *