नेपाल टेलिभिजनकर्मी आचार्यलाई ढोरपाटन नगरको सम्मान

आदर्श अनलाइन, ढोरपाटन

बागलुङ जिल्लाको पश्चिम ढोरपाटनमा पत्रकार किरण आचार्य सम्मानित हुनुभएको छ ।

नेपाल टेलिभिजन बागलुङ सम्वाददाताको रुपमा कार्यरत आचार्यलाई ढोरपाटन नगरपालिकाले आफ्नो नवौं नगर सभामा सम्मान गरेको हो ।

नगर सभा समापनका अवसरमा नगर प्रमुख देवकुमार नेपालीले नगद २० हजार र सम्मान पत्र प्रदान गर्नुभयो । १८ वर्षदेखि जिल्लाको पत्रकारितामा क्रियाशील पत्रकार आचार्यले पश्चिम ढोरपाटनको समस्या, सम्भावना, कला संस्कृतिको उजागर गर्नमा उल्लेख्य भूमिका खेलेको भन्दै नगद सहित सम्मान गरिएको नगर प्रमुख नेपालीले बताउनुभयो ।

सम्मान पछि आचार्यले सम्मानले थप जिम्मेवारीबोध भएको बताउनुभयो । ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *