गाउँपालिकाले दियाे निसीखोलाका कृषिलाई मिनिटेलर हलो

आदर्श अनलाइन, बागलुङ

निसीखोला गाउँपालिकाले कृषकहरुलाई मिनीटेलर हल वितरण गरेको छ ।

गाउँपालिकाको ५० प्रतिशत अनुदानमा १९ जना कृषकलाई मिनिटेलर हल वितरण गरेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।

कृषि क्षेत्रलाई आधुनिकरण गर्न र कृषिकलाई सहजता प्रदानका लागि सातै वडाका कृषकलाई हलो वितरण गरेको गौतमको भनाई छ । गाउँपालिकाको ५ लाख र कृषिकहरुको ५ लाख गरि १० लाखको हलो खरित गरि सोमबार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

कृषि फर्म दर्ता भएका कृषकहरुलाई मात्र हलो वितरण गरिएको हो । गाउँपालिकाले वडा नम्बर १ का एक जान, वडा नम्बर २ का नौँ जना, वडा नम्बर ३ का दुई जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर ५ मा एक जना र वडा नम्बर ७ का दुई जनालाई वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै हलोसँगै टनेल निर्माणका लागि प्लास्टिक समेत वितरण गरेको गौतमको भनाई छ ।

कृषकहरुका लागि १४० वटा टनेल प्लास्किट वितरण गरेको उहाँले जानकारी दिनुभयो । प्लास्किटक पनि अनुदानमा विवतरण गरिएको उहाँकाृ भनाई छ ।
‘घर तपाईको प्लास्किट हाम्रो’ कृषि कार्यक्रम अनुसार टनेल प्लास्टिक वितरण गरिएको गौतमले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *