३९ वर्षका युवा १० दिन देखि वेपत्ता


–आदर्श अनलाईन, बागलुङ
बागलुङ नगरपालिका–२ मा कस्मेटिक पसल गरी बस्ने ३९ वर्षका युवा १० दिन देखि वेपत्ता हुनुभएको छ ।

पर्वत जिल्लाको साविक देविस्थान गाविस–६, हाल फलेवास नगरपालिका वडा नं.५ घर भई बागलुङमा कस्मेटिक पसल गर्ने सूर्य प्रसाद घिमिरे (कृष्ण) १० दिन देखि वेपत्ता हुनुभएको छ ।

असार १३ साँझ ६ बजे घरबाट निस्कनु भएका घिमिरेको भोलीपल्ट दिउँसो २ वज सम्म फोन लागेपनि त्यसपछि फोन समेत अफ भएर सम्पर्क विहिन भएको श्रीमती प्रमिला घिमिरेले जानकारी दिनुभयो । वेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा समेत खोजी कार्य गर्न निवेदन दिएपनि हाल सम्म श्रीमान सम्र्पकमा आउन नसकेको घिमिरेको भनाई छ ।

वेपत्ता घिमिरे सेतो धर्के सर्ट, कालो पाइन्ट, पहेलो झोला बोकेकर घर बाट निस्कनुभएको थियो । वेपत्ता घिमिरेलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय तथा आफन्तको नम्बर ९८४७६६३१७९ र ९८४७६३१८४७ सम्पर्क गर्नुहुन परिवारले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *