जन्डिस रोगबाट पीडित चन्द्रबहादुरलाई आर्थिक सहयोग

–आदर्श अनलाइन, बागलुङ
जिल्लाको काठेखोला गाउँपालिका–२ भिमपोखराका चन्द्र बहादुर किसानलाई देश तथा बिदेशबाट सहयोग गरिएको छ । लामो समयदेखि कालो जन्डिस बिग्रिएर कलेजोमा समस्या भएका किसानको उपचारमा सहयोग पु¥याउनका लागि रु. ४० हजार सहयोज गरिएको छ ।

बागलुङको धौलागिरी अस्पतालमा उपचार भइरहेको किसानको यस अघि गण्डकी अस्पताल पोखरामा समेत उपचार भइरहेको थियो । देश र बिदेशमा रहेका भिमपोखरा क्षेत्रका स्थानीयले पीडितको उपचारका लागि सहयोग संकलन गरेर हस्तान्तरण गरिएको रकम नेपाली कांग्रेसका महासमिती सदस्य होमबहादुर हमालले किसानको श्रीमती शुसिला किसानलाई हस्तान्तरण गरिएको थियो ।

पीडित किसानको उपचारको लागी धेरै रकम आवश्यक रहेको र आफ्नो पारिवारिक अवस्था पनि कमजोर रहेको शुशिलाको भनाई छ । देश तथा विदेशमा रहेको सम्पुर्णमा सहयोगको अपेक्षा गरेको उहाँको भनाई छ ।

किसानको कालो जन्डिसले गर्दा कलेजो बिग्रिईसकेको र स्थायी उपचार भनेको कलेजो प्रत्यारेपण मात्र रहेको तर औषधी पनि केहि हद सम्म काम गर्ने धौलागिरी अस्पतालका मेडिकल अधिकृत डा. अभिषेक वाग्लेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *