अर्मादीको पहिरोले पोखरा-बागलुङ राजमार्ग अझै अवरुद्ध

तस्बिरः मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा खसेको पहिरो र ढुंगा ।

आदर्श अनलाइन, पर्वत

पोखरा–बागलुङ राजमार्ग अझै अवरुद्ध छ ।

पुष्पलाल (मध्यपहाडी)मध्य पहाडी लोकमार्गको कुश्मा नगरपालिका वडा न २ खुर्कोट स्थित अर्मादीमा भिषण पहिरो खसेका कारण उक्त सडक अवरुद्ध बनेको हो ।

पोखरा–बागलुङ राजमार्ग अवरुद्ध बने पछि यात्रुहरु बिचमै अलपत्र परेका छन् । बागलुङ, म्याग्दी र मुस्ताङबाट पोखरा हिँडेका र जिल्ला भित्रिने गरि आएका यात्रुहरुले सास्ती खेप्न बाध्य भएका छन् ।
सडक शनिवार दिनभर खुलाउने प्रयास गरिए पनि प्रयास सफल भएको थिएन । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पहिरोमा ठूला ढुंगाहरु समेत खसेका कारण बम विस्फोट गरी सडक खुलाउने प्रयास भइरहेको छ । शनिवारदेखि सडक अवरुद्ध भए पछि जोखिम मोलेरै पैदल यात्रा मार्फत पहिरो काटे पछि दुबै तर्फ रोकिएका सवारी साधनमा चालकहरुले यात्रु साटफेर गरेर गन्तव्य तर्फ लागिरहेका छन् ।

उता, पर्वत जिल्लाको सुन्दरेखोलामा आएको पहिरो र बाढीका कारण अवरुद्ध बनेको दोविल्ला फलेवास सडक खुलेको छ ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीका अनुसार जिल्लाको दक्षिणी क्षेत्र जोड्ने उक्त सडक शनिवार देखि सुचारु बनेको हो ।

पहिरोका कारण दोविल्ला क्षेत्रमा उक्त सडक अवरुद्ध बनेको थियो । दक्षिण क्षेत्र जोडने अर्को वैकल्पिक मोदीवेनी मुडिकुवा सडक पनि अवरुद्ध भएका कारण दक्षिणी क्षेत्रको सडक सञ्जाल अवरुद्ध थियो । नगरपालिकाले पहल गरेर उक्त सडक खुलाइएको नगरप्रमुख जोशीले जानकारी दिएका छन् । खोलामा आएको पहिरोका कारण दोविल्ला फलेवास सडक विगत ३ दिन देखि अवरुद्ध थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *