बाढिले बगाएका ताराखोलाका कार्की अझै भेट्टिएनन्


शान्त खत्री ‘मौसम’, बागलुङ
अबिरल बर्षापछि आएको बाढीले बगाएर बेपत्ता भएका ताराखोला गाउँपालिका वडा नम्बर ३ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की अझै भेटिएका छैनन् ।

कार्कीको खोजिकार्यलाइ तिब्र पारेको प्रहरी चौकी ताराखोलाका प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो ।

ईलाका प्रहरी चौकी हरिचौरका ईन्सपेटर अर्जुन बम मल्लको नेतृत्वमा खोजी कार्य अघि बढाएको भएपनि हाल सम्म कार्कीको अवस्था अज्ञात रहेको छ ।
प्रहरी चौकी हटिया ,खर्बाङ प्रहरी चौकी ताराखोला देखी बढिगाढ सम्मका खोलामा समेत खोजि गरेको प्रहरीले जनाएको छ ।

बाढिले स्थानीय चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ । जस मध्ये १० वटा जिवित र २७ वटा मृत बाख्रा निकालिएको प्रहरीले जनाएको छ । वर्षाका कारण बुधबार राती आएको बाढीले इदि टोलबाट झरेको पहिरो र बाढीले स्थानीय ध्रुव खत्रीले संचालन गरेको एक रेष्टुरेन्ट समेत बगाएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *