गण्डकी प्रदेशका दुई जिल्लामा नयाँ भेरियन्टको भाइरस देखियो

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशका दुई जिल्लामा पनि नयाँ भेरियन्ट (Delta B.1.617.2) देखा परेको छ ।
स्याङजाका २ जना र गोरखाका ३ जना गरि ५ जनामा नयाँ भेरियन्ट देखा परेको हो ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट गत जेठ ३१ गते काठमाडौं पठाइएका नमुनाहरु मध्ये ५ वटामा नयाँ भेरियन्ट पुष्टि भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

यो नयाँ भेरियन्ट पहिला देखिएको अल्फा भेरियन्ट भन्दा बढी संक्रामक रहेको जनाइएको छ । व्यक्तिगत सुरक्षाको मापदण्ड अपनाई थप सतर्कता रहन आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *