अनलाइन अनुगमनले भन्सार नतिर्ने कानुनको दायरामा

राजेशचन्द्र राजभण्डारी, बागलुङ
वेभमा आधारित ढुवानी साधनको अनलाइन अनुगमन प्रणाली बारे जानकारी गराउने उदेश्यले बागलुङ सदरमुकाममा सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।

राजश्व अनुसन्धान कार्यालय बुटवल रूपेन्देही र बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सरकारले ल्याएको नयाँ अनलाइन सेवा कात्तिकबाट शुरू भएको वेभमा आधारित ढुवानी साधनको अनलाइन सेवालाई सहज रूपमा लागू गरेर लैजान सहज बनाउन सहज हुने बताईएको थियो ।

राजश्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत सुशील पनेरूले २०७१ सालमा ऐनमा व्यवस्था भए पनि वेभमा आधारित अनलाइन अनुगमन प्रणाली २०७६ देखि मात्रै लागू भएको बताउनुभएको थियो । बिदेशबाट नेपाल भित्रिएका सामान कसरी कुन रूपमा आयो, त्यसलाई व्यवस्थीत रूपमा ढुवानी गर्ने प्रणाली लागू गरिएको पनेरूले बताउनुभयो । भन्सार तिरेर ल्याएका सामान र भन्सार छलेको सामान बिचको भिन्नता छुट्टाउन यसले सहज हुने र गलत तरिकाले काम गर्नेलाई कानुनको दायरामा ल्याउन सहज हुने पनेरूले बताउनुभएको थियो ।

यो वेभमा आधारित अनलाइन सेवा होलसेल ब्यापारमा लागू हुने सामान्य घरायसी सामान किनबेच गर्दा भने जरुरी नहुने अनुसन्धान अधिकृत पनेरूले बताउनुभयो । यो नियमको पालना नगरे पहिलो पटक ५० हजार जरिवाना हुने हुँदा अनिवार्य रूपमा पालना गर्नु पर्ने अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको थियो । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले अहिले सरकारले ल्याएको निति राम्रो भए पनि बागलुङ जस्तो ठाउँमा यसलाई लागू गरेर लैजान ग्राहो हुने भएकाले फराकिलो नीति बनाउन जरुरी भएको बताउनुभएको थियो ।

अहिले ब्यापारी ब्यबसायीले कर तिर्न समेत ग्राहो छ, राजभण्डारीले भन्नुभयो एकिकृत कर लागू गर्न सके सुबिधा हुने थियो । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव नरेश कंडेलले गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा बागलुङ बजारका उद्योगी ब्यबसायी, होलसेल ब्यबसायीहरू, उद्योग बाणिज्य संघका पदाधिकारी, पत्रकार लगायतका ब्यक्तिहरूको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *