गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निेर्दशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ पुगेको छ ।

कास्कीमा २ ,तनहुँमा १, बागलुङ २, म्याग्दी १, स्याङजामा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा –१४ का ४९ वर्षीया पुरुष, पोखरा –२९ का ६२ वर्षीया पुरुष, स्याङजा वालिङ–५ का ३४ वर्षीय पुरुष र तनहुँ भानु–६० की ७७ वर्षकी महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी म्याग्दी बेनी–१ की ८२ वर्षकी महिला, बागलुङ तमानखोला–१ की २३ वर्षीय महिला, बागलुङ नगरपालिका–१२ की ४८ वर्षीया महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी, गण्डकी प्रदेशमा थप ४१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १५३ जनाको नमुना परीक्षण गरिएकामा ४१० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २३१ पुरुष र १७९ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका २१४, म्याग्दीका ४, पर्वत २९,लमजुङ १५,गोरखा १०, तनहुँ ११ बाग्लुङ ११९ स्याङ्जामा ४ र नवलपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९ हजार १६४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५५ हजार २७२ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *