मुख्यमन्त्रीको अग्नी परीक्षा


सम्पादकीय / देशमा राजनीतिक स्थिरताको आशा भरोसा एकाएक भत्किएको छ । पाँच वर्षका लागि तीन तहको निर्वाचन मार्फत बनेका संघीय सरकार र प्रदेश सरकारहरु धर्मराएका छन् । गण्डकी प्रदेशमा त राजनीतिक दाउपेच र अस्थिरताको उपज पाँच वर्षका लागि अभिमत प्राप्त नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ । र संघीयदेखि प्रादेशिक सरकारमा समेत प्रमुख प्रतिपक्षमा बस्न बिबश नेपाली कांग्रेसलाई पासा परेको छ । त्यही पासा पल्टाएर कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेश सरकारको दोस्रो मुख्मन्त्रीको बागडोर सम्हाल्ने अवसर प्राप्त गर्नुभएको छ ।

७ प्रदेशमा गण्डकी प्रदेश सरकार तुलनात्मक रुपमा अब्बल थियो । संघीय सरकारलाई समेत सिधा आँखाले संवाद र बहस गर्न सक्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो हैसियत बनाएका थिए, र त्यो धेरै हद सम्म देखाएका पनि थिए । संघीयको भावना र मर्म बुझेर यसको संस्थागत विकासका लागि मुख्यमन्त्री गुरुङले खेलेको भूमिकाको पनि धेरैले प्रशंसा गर्छन् । प्रदेश सरकार परिवर्तनका बेला पनि एमाले मात्र होइन, अरु पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकले पनि यही आशयमा भाव व्यक्त गरे । भलै केन्द्र सरकार र प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमलाई लिएर सरकार ढाल्नु परेको बताइरहे । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले त कांग्रेस नेतृत्वको सरकार भन्दा पृथ्बीसुब्बा नेतृत्वकै सरकार उचित रहेको भन्दै सांसद पद त्याग्न तयार रहे । र अहिले राजमोको सिफारिसमा पद मुक्त भएका छन् ।

‘प्रतिगमन’ इतरको कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन सरकार बन्यो । तर, सुरुवाती कदमहरु नै प्रदेशवासीलाई निराशा बनाउने हिसाबको देखियो । कोरोना कहरले नागरिक आततायी बनिरहेका बेला प्रदेश सरकारको पुर्व मुख्यमन्त्री बनेका पिएस गुरुङलाई सेवा सुविधा दिने निर्णय र बहसले सर्वत्र आलोचित बन्यो । त्यो सँगै गठबन्धन सरकार सत्ता भागबण्डाकै किचलोमै अल्झिरहेको छ । जसले वर्तमान सरकार प्रतिको आशा भरोसा र विश्वासमा सुरुवातमै ह्रास आएको छ । सरकार गठन भएको महिना दिन पुग्न लाग्दा मात्रै विना विभागिय मन्त्री बनेका जसपाका हरिराज आचार्यले अर्थको दाबी छाडेर ऊर्जा मन्त्रालय र दिपक मनाङेले तेस्रो पटक खेलकुद मन्त्रालय सम्हालेका छन् । अरु मन्त्रालयको भागबण्डा अझै मिलाउन सकिरहेको छैन । आइतबार बिभिन्न विषयलाई लिएर प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरिरहेको छ । यी सबै घटनाक्रम र परिदृश्य हेर्दा कांग्रेसबाट मुख्यमन्त्री सम्हालेका कृष्णचन्द्र पोखरेले चूनौतिका चाङमा छन् । यसलाई अवसरमा बदलेर कठीन अग्नी परीक्षामा मुख्यमन्त्री पोखरेल पास हुनु पर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *