शव्द चित्रमा भानुः निस्वार्थ सेवामा प्रेरित हुनुपर्ने शिक्षा

सरोजराज पन्त
संसारमा अहिलेसम्म असख्य मानिस जन्मे, संघर्षको यात्रामा लागि रहे र पुनः पञ्चतत्वमा विलीन हुँदै गए । उनीहरु मध्ये कतिपयले आफ्नो नाम इतिहासको पानामा स्वर्ण अक्षरले सुसुचित गर्न सफल रहे भने कतिपय इतिहासले सधै धिक्कार्ने अवस्थामा पुगेको तितो यर्थाथता हामी माझ छर्लङ्ग छ । जीवन संघर्षमय यात्रामा संघर्ष मानव जीवनको गर्भदेखि सुरु भई चितासम्म निरत्तर चलिरहन्छ । जीवनरुपी यात्राका अनेकौ उकाली–ओराली, दुख–सुख, सहज–असहज परिस्थितिबाट गुज्रिरहन्छ । यो विश्वव्यापी प्रक्रिया हो । यस संसारमा मानिसहरु जन्मनु र मर्नु वास्तविक नियम हो । यो नियम निरन्त्तर चलिरहन्छ । यस संसारमा जन्मेका सबै मानिसहरुमा धेरैजसो आफ्नो जीवन बाँचिरहेका छन् र मरिसकेका पनि छन् । उनीहरु एक र दुई पुस्ता पछि सदाका लागि बिर्सिएर गएका छन् । यद्यपि यहाँ यस्ता थोरै मानिसहरु छन्, जो मरेर पनि अमर छन् । उनीहरु महान र अमर हुनुमा उनीहरूले समाज र राष्ट्रमा पु¥याएको उत्कृष्ट योगदान नै हुन् । ती उत्कृष्ट नामहरू मध्ये नेपाली मन मुटुमा कालान्तर बस्न सफल ब्यतिm आदिकावि भानुभक्त आचार्य हुन् ।

हाम्रो समाजमा जीवित रहुञ्जेल बेवास्ता गर्ने र मृत्यु पछि अनेकौं थरी नाम, विशेषण जोडेर प्रशंसा गर्ने प्रवृत्ति पनि बढ्दै आएको छ । यद्यपि, कैयौ ब्यतिmहरु एक थोपा रगत बाँकी रहुन्जेल साहित्य, कला, सृजना लगायतका अनेकौ काम गरी देश र जनताको सेवामा समर्पित हुने र दिलो ज्यान दिन तयार भई रहन्छन् । ती मध्येका अग्रज नेपाली आमाका सच्चा सपुत हुन् भानुभक्त आचार्य । यसरी धर्तीमा पाइला राखेपछि भाषा, साहित्यमा निरन्तर संघर्ष गरिरहने ब्यतिm हुन् आदिकवि भानुभक्त । देश र जनताका लागि निःस्वार्थ काम गर्न तीव्र सङ्कल्प बोकेका रम्घा बेसीको पानीले निखार व्यक्ति भानुभक्त आचायको वि.सं. १८७१ साल असार २९ गते तनहँुको रम्घा गाउँमा आमा धर्मादेवी बुवा धनञ्जय आचार्यको कोखबाट यस धर्तीमा प्रवेश भएको हो ।

उच्च वर्गको ब्राह्मण परिवारमा जन्मेका आचार्यले जीवनको वास्तविकतालाई उजागर गर्न पारिवारिक वातावरण र अबसर पाएकाले भाषा, साहित्यको सृजनामा महत्वपूर्ण योगदान पु¥याए, त्यसैको परिणाम स्वरुप आजसम्म हामीले भानुभक्त आचार्य चिन्दछौँ । उनका सदाबहार सृजना, कविता र काब्यहरूका कारण अनवरत चम्किरहेका मात्र छैनन हामीमाझ स्मरणमा आइरहेका छन् ।

सानै उमेरदेखि पठनपाठनमा तीव्र इच्छासहित लगनशील भई अगाडि बढ्ने भानुभक्त आचार्यले जीवनको पूर्वाद्वदेखि नै संघर्षमय जीवनबारे बोध गरिसकेका भानुलाई उनका हजुरबुबा श्री कृष्ण आचार्यबाट घरमै पारिवारिक रुपमा शिक्षा दिएका थिए । त्यस पछि भानुभक्त बागलुङ आएर पण्डित बद्रिनाथ पन्तको आश्रममा बसेर अध्ययन गरेको पाइन्छ । उनका बुबा धनंजय आचार्य सरकारी अधिकारी थिए र जनरल अमरसिंह थापाको शासनकालमा पाल्पाको गभर्नरको रूपमा काम गरेका थिए । घरमा बुबा धनंजय आचार्यसँग नबसे तापनि हजुरबुबा श्री कृष्ण आचार्यले दिएको शिक्षा र घाँसीबाट पाएको प्रेरणाले आफ्नो छोटो जीवनमा उनी आदि कवि बने । घाँसीले समाजलाई केही दिन सकु भनेर एउटा कुवा निर्माण गर्न दिनहँु घाँसी काटी रहेको घाँसीको संकल्पबाट प्रेरित भएर नेपाल र नेपालीको मन मुटुमा बास बस्न सफल बने ।

त्यो समयमा साहित्य, रचनाका प्रत्येक अंश र श्लोकहरु संस्कृत भाषामा लेखिन्थे र आम मानिसहरू लेखपढ गर्न नजान्ने भएकाले संस्कृत भाषा बुझ्न सक्दैनथे । त्यसो त केवल शिक्षा ब्राह्मण व्यक्तिहरूमा सीमित थियोे उनीहरुले संस्कृत भाषामा पढन, लेख्न सिकेका हुन्थे । तर, सबैमा शिक्षाको पहुँच थिएन । भानुभक्त आचार्यले त्यो समस्या हटाउन र परिवर्तन गर्न नेपाली भाषामा कविताहरु लेख्न थाले । उनको त्यस कार्यले नेपाली भाषा र साहित्यलाई लोकप्रिय बनाउँन गहन भुमिका खेल्यो । उनी भगवान रामका भक्त थिए । रामभक्त भानुभक्त आचार्यले संस्कृत भाषाको रामायण महाकाव्यलाई नेपालीमा अनुवाद गरे किनकि उनी रामायण सामान्य व्यक्तिले पनि पढेको र बुझेको देख्न चाहन्थे ।

भानुभक्त आचार्यलाई नेपालका आदिकावि भनेर चिनिन्छ । किनभने उनी पुर्व नेपालमा अस्तित्वमा अरु कुनै कविता चर्चामा थिएनन् । त्यैसैले उनी नेपालीमा कबिता लेख्ने पहिलो कवि बने । यद्यपि उनीभन्दा पहिलो नेपाली कवि वीरशाली पन्त हुन भनी पछि चर्चा गरिएको छ । भानुभक्त आचार्यले नेपाली भाषालाई साहित्य र रचना लेखनमा प्रयोग गर्न सकिने भाषा बनाए । उनमा कविताको माध्यमवाट भित्री सार बुझ्ने गरी ब्यतm गर्ने क्षमता रहेको स्पष्ट हुन्छ । भानुभक्त आचार्यको मृत्यु पछि पनि नेपाली मन मुटुले कहिल्यै बिर्सेको छैन । उनी जीवित हुदाँ आफ्नो कामको कुनै लाभ प्राप्त गरेनन तर मृत्यु पछि उनी प्रसिद्ध भए यसमा मोतीराम भट्टको योगदान रहेको छ । मोतीराम भट्टले आचार्यका पाण्डुलिपिहरू फेला पारे र प्रकाशित गरेपछि उचित मान्यता पाए ।

उनले दुर्गाकबज, चण्डी, लघुकौमुदी, वेद, रुद्री आदि सहित ज्योतिष विधा, वेदान्त दर्शनको अध्ययन गरेकाले छोटो जीवनकालमा पनि भानुभक्त आर्चायले प्रश्नोत्तर, बधुशिक्षा, भतmमाला, रामगीता, विन्तिपत्र, कान्तिपुर, बालाजी बर्णन, गिरीधारीको झेल लगायतका ४० भन्दा बढि फुटकर कविताहरु रचना गर्न सफल बने । यसैगरी संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा अनुवाद गरी रामायणको शब्द र भाव सबै नेपालीले बुझ्ने सरल भाषा र शैलीमा प्रस्तुत गरे ।
कोही जन परस्त्रीमा रत हुनन् कोही त हिंसा महाँ ।
देहलाई त आत्मा जानि रहनन् नास्तिक पशु झै, तहाँ ।।
ब्राह्मण भै कन वेद बेचि रहनन् कोही पढुन् तर पनि ।
धन ठूलो छ पनि भन्या सहज धन आर्जन गरौला भनी ।।
काममा चाकर झैँ भएर रहनन स्त्रीलाई द्मौतासरी ।
मान्नन् पितृ र मातृलाई बुझी खुब शत्रु सरीका गरी ।।

उनका यी काल झैँ सदास्मरण योग्य कविता अहिले पनि नेपाली समाज र संस्कृतिको यर्थाथ चित्रण गर्न सफल रहेका छन् । अहिलेको नेपाली समाजमा बाबु, आमालाई वेवास्ता गर्ने परस्त्री, परपुरुषमा लत बसाल्ने वा लालाहित हुने र ब्राम्हमण भएर पनि वेदको महिमा नबुझ्ने, धनको लागि जस्तो सुकै कुकर्म गर्नपनि पछि नपर्ने प्रवृत्तिको गहन रुपमा चित्रण मात्र गरेनन भविष्य वाणी गर्न समेत सफल भएका छन् । यसैगरी “जिउदैँ म¥याको भनि नाम कसको, उद्यम बिना बित्तछ काल जसको” भनि काम नगरी बस्ने अल्छी मानिसलाई जागरिलो, जोसिलो, कर्मशिल बन्न उनका कविताले सदैव प्रेरित गर्दछन् ।

उनले घाँसीबाट प्रेरणा पाएको सर्दभमा कविता सृजना गदैँ यस्तो भाव पोखेका छन । जसमा ः–
“घासीँ दरिद्री घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भै कन आज यस्तो ।”
आफ्नो जीवनमा उनले घाँसीबाट कवि बन्न प्रेरणा पाए । घासीले समाजलाई केही दिन सकु भनेर एउटा इनार निर्माण गर्न काम दिनहँु घाँस काटी रहेका थिए । उनी घाँसीको संकल्पबाट प्रभावित भएर नेपालका आदि कवि बने । घाँसी जो आफै दुख,पीडामा छ उसको कुवा खनेर सवैलाई पानी खुवाउँने तीव्र इच्छा हुनु तर ममा यति पनि विवेक,बुद्धि नआउँनु धिकार छ भनेर आत्मलोचना गरेको पाइन्छ । यसबाट अहिले हामीले आत्ममुल्याङ्घन गर्न, सबै पेशा ब्यवशायलाई समान दृष्टिले हेर्न र सम्मान गर्न, विकासमा सहभागी हुनु पर्छ भन्ने लगायतका धैरै कुरा सिक्न जरुरी छ ।
“रोज् रोज् दर्शन पाउँछू चरणको
ताप् छैन मन्मा कछू ।
रात्भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयनमा मछू
लाम्खुटेहरु उपिँया उडुस् इ संगी छन्
इन्कै लहडमा बसी
लाम्खुटेहरु गाउँछन् र इ उपियाँ नाच्छन्
म हेर्छु बसी”

तत्कालीन समयमा राणा शासनको कारणले भोग्नु परेका दुःख, पीडा, कष्टसँगै सामाजिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक पक्षहरुको सचित्र उजागर गरेका छन् । जीवनका कठोर समयमा जहाँ मानिसलाई जेलमा राखेर कठोर, दण्ड, सजाय दिइन्थ्यो जसलाई व्ययङ्ग गर्दै रातभर नाचगान गरेको मनोरञ्जन लिएको प्रसङ्गलाई लिएर कारागारमा उपिया र लामखुटे साथीको रुपमा रहेकाले उनैसँग बसेर समय बिताएको विषयलाई उल्लेख गरेका छन् । यसबाट पनि दुःखमा समेत जीवन जिउन साहित्य र सृर्जना संखि बन्न सक्छ भन्ने भाव प्रस्तुत गरेका छन् । यसैगरी भोलि भोलि भनेर दुःख, कष्ट दिने र पीडा बोध गराउने उनीहरुको प्रवृत्तिको विरोध गर्दै समयमै न्याय दिन साहित्यको माध्यमबाट दबाब दिन उनले भोलि भोलि हुदैँमा, सब घर विति गो बक्सियोस् आज झोली ।” कविता सिर्जना गरेका थिए । यसबाट समयमा निर्णय लिनु पर्दछ, ढीलासुस्ती गर्नु हुदैन भन्ने कडा सन्देश दिएका छन ।

जीवनमा भोगेका अनेकौँ प्रसङ्गलाई उल्लेख गर्ने कम्रमा किसानका दुःख, कष्ट र किसानी जीवनको वास्तविकतालाई पनि उनले सिर्जना मार्फत पोखेका छन् । जसमा ः–
“जागिर छैन धनी म छैन घरको केवल कुदालो खनी
खान्थ्याँ दुःख गरेर चाकरी ग¥याँ मान् पाउँला की भनी ।”
यसमा उनले आफ्नो पारिवारिक यर्थाथता, आर्थिक अवस्था, जीविको पार्जनका जटिलताहरुलाई सुक्ष्म रुपमा उजागर गरेका छन् । यद्मपि नारीवादी दृष्टिकोणले विश्लेषण गर्दा उनलाई नारी बिरोधी कविता रचना गर्ने, नारीलाई अलिक हेयको दृष्टिले हेर्ने, नारीको कविता रचना गर्दा ममताको ख्याल नगर्ने कविको रुपमा पनि लिने गरेको पाइन्छ जसमा–
“गजाधर सोतीकी घरबुढि अलच्छिनकि रहिछन् ।
नरक् जानालाई सबसित बिदाबादि भइछन् ।”
“हास्नू छैन कदापि नारिहरुले वैश्यै हुन्या हास्ँतछन् ।
वैश्या लौ नहुउन् तथापि घरका काम् ता सभै नास्तछन् ।”

यी कवितामा तत्कालीन समयमा नारीलाई फरक दृष्टिकोणले हेर्ने, नारी चरित्रको अपव्याख्या गरेको, विवादित बिषय उठाएको, धार्मिक आस्थाका आधारमा नारीलाई दमन गर्ने जस्ता तथ्यलाई उजागर गर्नुले नारी बिरोधी कविता रचना गर्ने कविको रुपमा चिर्तित छन ।
मरेर क्यै लानु छैन गरौँ काम कीर्ति राख्नलाई
हतपत नआओस् काल धोको पु¥याई छाड्नलाई ।
यसरी जीवनको छोटो अवधिमा आफूले भोगेका, देखेका र बुझेका विषय वस्तुलाई टपक्क टिपेर साहित्य, सिर्जना गर्न सफल रहेका भानुभक्त आचार्यले हतपत नआओस् काल धोको पु¥याई छाड्नलाई भने पनि अल्पआयुमा वि.सं १९२५ मृत्यु उनको भएको थियो ।

हामी आजका मानिसहरु आफ्ना लागि मात्र जिउँन सिकेका छौँ अरुका लागि जिउन सकेका छैनौँ । आफ्नो व्यक्तिगत स्वार्थमा भन्दा समाजका लागि केही नगरी अरुले गरेको कामको टिकाटिप्पणी गरेर समय वर्बाद गरिरहेका छौँ । तलदेखि माथि, माथिदेखि तलसम्म दोहोरो समन्वयन नगरी अरुलाई दोषी देख्ने प्रवृत्ति हामीमा छ । आज उद्यमका लागि जननी माताको काखमा बसी पसिना बगाउनभन्दा विदेशिन विवश हुनु परेको छ भने आजका युवा जमात जुन आफूलाई बाहेक अरुलाई नचिन्ने प्रवृत्तिका कारण मोबाइल, ल्यापटप, टी भी आदिमा व्यस्त भई समाज र संसार त्यसैलाई ठान्नु परेको छ । यो परिवेशमा भानुभक्त आर्चायको जीवनका बुझाइ, भोगाई र हेराईलाई आत्मसात् गर्न सकेमा नेपाली समाजको श्रीवृद्धि हुनेछ । ससार अथाह छ यसलाई बुभ्न मैदानमा उर्तीन जरुर छ । उनले मानव समाजलाई पु¥याएको निःस्वार्थ सेवालाई अंगिकार गरी भाषा,साहित्य र सामाजिक परिवर्तनका क्षेत्रमा क्र्रियाशील हुन सकेमा, युवा जमात, पेशाकर्मी, नागरिक समाज, राजनीतिज्ञ, कर्मठ सबै नेपालीले सकारात्मक सोच बनाएर अगाडि बढ्न प्रेरित भएमामात्र समाज र देशको मुहार फेर्न सकिन्छ ।

तत्कालीन जटिल सामाजिक परिवेशमा आजभन्दा २०७ वर्ष अगाडि जन्मेका भानुभतm आचार्यको जीवनका प्रायः सबै मोडमा भाषा,साहित्यको लागि संघर्ष गर्दै समन्याय र विकासका लागि जीवन आहुति गर्ने व्यक्तित्वको स्मृतिमा हरेक असार २९ गते भानु जयन्ती अर्थात जन्मदिन मनाएर उनका कायहर्रुको स्मरण र सम्मान गर्दछौं । यस दिन धेरै ठाउँमा सेमिनार, कार्यक्रम र सम्मेलनहरू सञ्चालन गर्ने गरिन्छ यद्यपि यस अवसरमा उदाउँदा र लुिकएका प्रतिभाहरु पहिचान गर्न अपेक्षित रुपमा नसकिनु समस्या हो । क्षणभर उनको प्रंशसा गरेर पुग्दैन । उनले गरेका कामबाट समाजका नवतरुणहरुलाई प्रोत्साहित गर्न जरुरी छ । यसको प्रमुख उद्धेश्य लुकेको प्रतिभा बाहिर ल्याउनु, समाजमा एकता, अन्तरसम्बन्ध स्थापना गर्न र नेपाली साहित्यमा योगदान पु¥याउँनु हुनु पर्दछ । पाठकवृन्दले उनको जीवनीको लेखाजोखा गरी उनको योगदान जीवन्त राख्न र नयाँ पुस्तालाई असल शिक्षा दिन जरुरी छ र्। सेवा गर, मेवाको आशा नगर’ भन्ने भनाइलाई आत्मसात् गर्दै जीवनको सबै क्षणमा क्रियाशील रहनु र हारेर होइन, लडेर संघर्ष गरेमा लक्ष्यमा पुग्न सकिन्छ भन्नेपाठ सिकाउन र सिक्न आवश्यक छ । जीवनमा सधै सकारात्मक चिन्तन, समन्याय, एकता, परिवर्तित सोचबाट अगाडि बढ्न प्रेरित गर्न भानुभक्त आचार्यको जीवन पूर्ण सफल र सार्थक रहेको उनको जीवनीबाट आफ्नो व्यक्तिगत स्वार्थलाई सिरोपर गरी अरुले गरेको कामको टिकाटिप्पणी गर्न लालाहित हुने व्यक्ति र समाजले सिकेर उनर्ले पु¥याएको निःस्वार्थ सेवाको आत्मसात् गर्दै जीवनको सबै क्षणमा क्रियाशील रहन प्रेरित हुनु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *