चितुवाको आक्रमणबाट युवक घाइते, आरोग्य अस्पतालमा उपचार हुँदै

फाइल तस्बिर

आदर्श अनलाइन,बागलुङ

बागलुङ गलकोट नगरपालिका–८ काँडेबासका रवीन दर्लामी चितुवाको आक्रमणबाट घाइते हुनुभएको छ ।

घर नजिकैको स्थानीय ओम दत्तको खाली घरमा राखेको हलो लिन जाने क्रममा मंगलबार विहान चितुवाको आक्रमणमा परि ३७ वर्षीय दर्लामी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

घाइते दर्लामीको हात, घाँटीमा चोट लागेको छ । दर्लामीलाई उपचारको लागि गलकोटको हटिया स्थित आरोग्य हस्पिटल लगिएको छ । चितुवा खाली घर भित्रै रहेको आशंका गरिएको छ । चितुवा घरमा भए नभएको बारे बुझ्न प्रहरी नायब निरीक्षक बाबुराम पुरीको कमाण्डमा ५ जनाको प्रहरी टोली उक्त स्थानमा पठाइएको हवारीले बताउनुभयो । ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *