थप २,३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

आदर्श अनलाइन, काठमाडौ

पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *