स्याङ्जामा पहिलो पटक चिया खेती शुरु

आदर्श अनलाइन, स्याङ्जा
स्याङ्जामा पहिलो पटक चिया खेती शुरु गरिएको छ । जिल्लाको पुतलीबजार नगरपालिका १२ पेल्काचौर चन्द्राकोटमा पहिलो पटक चियाको बेर्ना रोपेर खेती शुरु गरिएको छ ।

मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाँउ स्थापना कार्यक्रम अन्तर्गत चन्द्रकोटमा चियाखेती शुरु गरिएको गण्डकी प्रदेश सभा सदस्य दीपक थापाले बताउनु भएको छ । शुक्रबार एक कार्यक्रमका वीच स्याङ्जा क्षेत्र १ कबाट निर्वाचित प्रदेश सभा सदस्य थापाले चियाको बेर्ना रोपेर खेतीको शुभारम्भ गर्नुभएको छ ।

कार्यक्रममा थापाले आफूले लामो अध्ययन अनुसन्धान पछि जिल्लामा चिया खेतीको सुरुवात गरेको बताउनु भएको छ । अहिले २० हजार वेर्नासहित २८ रोपनी जग्गामा चिया खेती गरिने बताउँदै उहाँले दशवर्ष भित्र स्याङ्जामा दशौँ लाख वेर्ना लगाउने आफ्नो योजना रहेको पनि जानकारी दिनु भएको छ ।
चिया खेती पछि हुने उत्पादनले प्रदेशमा रोजगारी र आम्दानी हुने भएकाले कृषकहरुलाई मेहनतका साथ कार्य गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा चिया विज्ञ निर्मल घिमिरे, जिल्ला कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सबिन कार्की, समाजसेवी पुर्वक्याप्टेन बुद्धिजिवी सल्लाहकार भिम प्रसाद गुरुङ, पुतलीबजार वडा नं. १२ का वडा सदस्य गन्ज सिंह गुरुङ, शिक्षक तथा स्थानीय बासिन्दा जीव नाथ अर्याल, माओवादी केन्द्र स्याङ्जा जिल्ला सचिवालय सदस्य मन बहादुर थापा, मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ स्थापना कार्यक्रमका अध्यक्ष टेक बहादुर गुरुङले मन्तव्य राख्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *