मुख्यसचिवलाई देउवाले भन्नुभयाे- ‘राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण हुँदैन’

आदर्श अनलाइन, काठमाडौ
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाउनु भएकाे छ ।

बुढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताउनु भएकाे हाे। राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाउनु भएकाे हाे।

आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाउनु भएकाे हाे। यस विषयमा राष्ट्रपतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बूढानीलकण्ठबाट बाहिरिनु भएकाे छ ।

हालसम्म राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सच्चिएको जानकारी आएको छैन । विज्ञप्तिबारे विवाद भएपछि साँझ ६ बजे हुने भनिएको शपथ अझै शुरु हुन सकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *