सुन्तला कृषकलाई उब्जनी अनुदान

आदर्श अनलाइन, बागलुङ

परम्परागत बाली छोडेर व्यवसायिक फलफूलखेती गर्ने कृषकलाई बागलुङ नगरपालिकाले उब्जानी अनुदान दिएको छ ।

बागलुङ नगरलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँने उद्देश्यले बागलुङ नगरपालिकाले परम्परागत बाली छाडेर सुन्तला खेती गर्नेलाई उब्जनी बरावरको रकम अनुदान बापत प्रदान गरेको हो । परम्परागत रुपमा गरिदै आएको खाद्य बालीबाट राम्रो प्रतिफल प्राप्त हुन नसक्ने ठाउँमा सुन्तला खेती गर्न इच्छुक किसानहरुलाई उत्पादन बरावरको रकम प्रदान गरिएको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा परम्परागत बाली त्यागेर सुन्तला खेती गरेका ४५ जना किसानलाई एकमुष्ठ रु. ६ लाख नगद रकम अनुदान प्रदान गरेको बागलुङ नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

सुन्तला जोनमा समेटिएको बागलुङ नगरपालिका–८ सिगानाका ४५ जना कृषकलाई सुन्तलाका नयाँ विरुवा रोपे बापत प्रोत्साहन र सुन्तलाको प्रतिफल नदिदा सम्मको अन्न बाली बापतको रकम प्रदान गरिएको बागलुङ नगरपालिकाका कृषि शाखा प्रमुख राहुल केसीले जानकारी दिनुभयो ।

“सिगाना भौगोलिक हिसावले सुन्तलाको अत्यन्तै राम्रो क्षेत्र मानिन्छ, अहिले वार्षिक दुई करोड सुन्तला निर्यात हुँने रहेछ,यसलाई बढाउनका लागि कृसानलाई प्रोतसाहन सोरुप प्रति रोपनी रु. तीन हजारका दरले उब्जानी अनुदान दिएका छौं” केसीले भन्नुभयो “एक रोपनीमा २० वटा सुन्तलाका विरुवा हुन्छ सुन्तला फल्न पाँच वर्ष लाग्छ त्यतिका समय सम्म किसानको अन्नबाली उब्जानी हुँदैन त्यसैले अनुदान दिएका छौं ।”

नगर भित्रका जमिनको बर्गीकरण गरी उपयुक्त बाली लगाउँन प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अभियान सुरु गरिएको र किसानहरु उत्साहित भएर सुन्तला खेती तर्फ लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख पौडेलले बताउनुभयो ।

परम्परागत खेती त्यागेर फलफुल खेती गर्न इच्छुक किसानहरुलाई उक्त जग्गामा उत्पादन हुने बाली वापतको रकम नगरपालिकाले दिने नीति अनुसार तीन वर्षदेखि रकम वितरण गरिरहेको नगर प्रमुख जनकराज पौडेललले जानकारी दिनुभयो ।

नगरपालिकाले यस तीन वर्षको बीचमा सिगानामा मात्रै अनुदामा वितरण गरेको र किसान आफैले लगाएको गरेर ३५ हजार विरुवा थपिएको कृषि शाखाको तथ्याङ्कमा उल्लेख छ । अबको पाँच वर्षमा सिगथानामा पचाऔं करोडको सुन्तला भित्राउने सिगानाका किसानहरुले लक्ष्य राखेका छन् ।

पहाडी भुभाग भएका कारण परम्परागत खाद्य बाली लगाउँदा दुःख बढी हुने र उत्पादन समेत कम हुने भएकाले परम्परागत बाली त्यागेर व्यवसायीक फलफुल खेती गर्नेलाई प्रोत्साहन गर्ने नगरको अभियान सकरात्मक भएको बागलुङ नगरपालिका–८ का अगुवा सुन्तला किसान राम बहादुर खड्काले जानकारी दिनुभयो । कोदो मकै फलाएर ज्याला नउठ्ने जग्गामा सुन्तला लगाएर लार्खौ आम्दानी हुँनेभएपछि बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, मालिकका लगायतका क्षत्रेमा सुन्तला खेती प्रर्बद्धन कार्यक्रममा नगरपालिकाले अगुवाई गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *