राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको आज कतारमा घुँडाको शल्यक्रिया

आदर्श अनलाइन, कतार

कतार फुटबल संघको सहयोगमा राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको एस्पटर हस्पिटलमा दायाँ घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्टको शल्यक्रिया हुँदैछ ।

गत फागुनमा राष्ट्रिय महिला लिगको क्रममा एफीएफकि खेलाडी सावित्रा घाइते भएकी थिइन् ।नेपाली राष्ट्रिय टिमको महत्वपूर्ण खेलाडी रहेकी उनले राष्ट्रिय टिमका लागि सर्वाधिक ३८ गोल गरेकी छिन् । अप्रेसन पछि सावित्राले केही महिना आराम गर्नुपर्ने हुँदा खेलमा फर्किन अझै केही समय लाग्नेछ ।

यसअघि कतार फुटबल संघको सहयोगमा विमल घर्ती मगर र विक्रम लामाको उपचार पनि कतारमै भैसकेको छ । लामा नेपाल फर्केर राष्ट्रिय टोलीको प्रशिक्षणमा जुटिसकेका छन् भने बिमल नेपाल फर्कने क्रममा छन् ।

२०२२ को फुटबल बिश्वकप आयोजक कतारले कतार फुटबल संघ मार्फत नेपाल लगाएतका थुप्रै देशलाई सहयोग गर्दै आएको छ । खेलाडीको उपचारको लागि प्रख्यात रहेको एस्पटर हस्पिटलमा यसअघि ब्राजिलका नेयमार, फ्रान्सका केलियन एम्बाप्पे लगाएत थुप्रै खेलाडीको उपचार भैसकेको छ ।

यो पनि पढ्नुहोस्