घाँस काट्न जाने क्रममा लडेर मुत्यु


–आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ ।

पँचुवाका स्थानीय ३३ वर्षिय अशोक कडेलको घाँस काट्न जाने क्रममा लडेर मुत्यु भएको अवस्थामा आज फेला परेको जिल्ला प्हरी कार्यालय बागलुङका सुचना अधिकारी तथा प्हरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

कंडेल बुधबार दिउँसो १२ बजे पचुवाकै कुभिन्डो भन्ने ठाँउमा घाँस काट्न भनेर जानुभएको बेलुका सम्म नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । खोजतलासका क्रममा मृत अवस्थामा फेला परेको र थप अनुसनधान शुरु गरिएको हवारीले जानकारी दिनुभयो ।

कँडेलको शब पोष्टमार्टनको लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पठाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *