उपनिर्वाचनको मनोनयन दर्ता आज, यस्तो छ बागलुङमा तयारी

आदर्श अनलाइन,बागलुङ
आगामी मंसिर १४ मा हुन लागेको रिक्त प्रदेशसभा तथा स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदै छ।

निर्वाचन कार्यालयका अनुसार अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका छ।

मनोनय दर्ता गराएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ।

जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश ख मा बामगठवन्धनबाट राजमोका खिमबिक्रम शाही, नेपाली कांग्रेसबाट जित शेरचन र समाजवादी पार्टीबाट अशोक बिकले उम्मेदवारी दर्ता गर्ने तयारी छ । नेकपाको समर्थनमा उम्मेदवारी दिन लागेका राजमो नेता शाहको उम्मेदवारी दर्ता गर्नु अघि हल्लनचोक स्थित नेकपा जिल्ला पार्टी कार्यालयमा जम्मा भएर र्याली सहित निर्वाचन अधिकृतको कार्यालय जाने कार्यक्रम छ भने नेपाली काँग्रेसले ११ बजे लोकतान्त्रिक चोकमा भेलामा भएर उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । समाजवादीले पनि पार्टी कार्यालयमा जम्मा भएर उम्मेदवारी दर्तामा जाने बताएको छ ।

आयोगका अनुसार भोलि २२ गते बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ बजेदेखि दिउँसो १।३० बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ, २३ गते दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

यसैगरी २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, त्यसै दिन ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

मंसिर १४ गते प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य(३, स्थानीय तहको प्रमुख(१, अध्यक्ष–३, उपाध्यक्ष-१ र वडाध्यक्ष-४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुँदै छ।

३७ जिल्लाका ५२ स्थानमा हुने उपनिर्वाचनमा १ सय १ राजनीतिक दल प्रतिस्पर्धा गर्दै छन्।

मृत्युलगायत विभिन्न कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका खाली रहेका विभिन्न स्थानमा पदपूर्तिका लागि आगामी मंसिर १४ गते उपचनिर्वाचन गर्न लागिएको हो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *