सिवाईसी नीति तथा कार्यक्रम सार्वजनिक

आदर्श अनलाइन, बागल्ङ

सिवाईसी बचत तथा ऋण सहकारी संस्था ले आर्थिक वर्ष २०७८/०७९ को प्रस्तावित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आर्थिक वर्षको पहिलो दिनमै संस्थाको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । सहकारीको आर्थिक वर्ष २०७८/२०७९को प्रस्तावित नीति तथा कार्यक्रम संस्थाका कोषाध्यक्ष सीतादेवी सापकोटा कँडेलले प्रस्तुत गरेकी थिईन् । सहकारीले वित्तीय व्यवस्थापन,  सदस्य सेवा, संस्थाको आन्तरिक व्यवसायिकीकरण, सिकाई एवं वृद्धि व्यवस्थापन र महामारी, संक्रमण तथा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमहरुलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

 
सहकारीले गत आ.व. २०७७/२०७८ मा १८ हजार ४ सय ३० शेयर सदस्यहरु मार्फत २ अर्व ४ करोड कूल सम्पत्ति परिचालन गरेको सहकारीले चालु आ.व. २०७८/२०७९ मा कूल सम्पत्ति ३ अर्ब ५ करोड र सदस्य संख्या २८ हजार ५ सय पु-याउने लक्ष्य राखेको छ । 

चालु वर्षसम्ममा ३० वटा विभिन्न प्रकृतिका सहकारीहरु एकीकरण गरिसकेको सहकारीले बागलुङ, पर्वत र म्याग्दीबाट २३ वटा कार्यालय मार्फत सेवा प्रवाह गर्दै आएकोमा थप १३ वटा सेवा केन्द्र तथा स्याटेलाइट कार्यालय वृद्धि गरीबी केन्द्रित सेवा प्रवाह गर्ने र कास्की जिल्लामा समेत कार्यक्षेत्र विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सहकारीले कृषक, न्यून आयभएका, रोजगारी गुमाएका सदस्य तथा बागलुङमा सक्रिय सञ्चारकर्मीहरुलाई लक्षित गरी नीति तथा कार्यक्रममा समेटेको छ ।

विदेशबाट फर्केका, कोभिडका कारण रोजगार गुमाएका उत्साहित युवाका लागि व्यवसाय प्रवद्र्धन, कृषि उद्यम संचालन गर्नको लागि ५० जनालाई सहुलियत दरमा ऋण प्रवाहको लागि १ करोड ५० लाख विनियोजन गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा तीन जिल्लामा चार वटा कृषि गाउँ घोषणा गर्ने तयारी गरेको छ । बागलुङमा दुई वटा र म्याग्दी तथा पर्वतमा एक एक वटा गरी चार वटा कृषि गाउँ घोषणा गर्ने योजना रहेको बताईएको छ । कृषि गाउँमा किसानहरुलाई कृषि क्षेत्रमा लाग्न सघाउने, होम स्टे लगायतका अन्य उद्यमका कार्यहरु सञ्चालनमा ल्याउनका सघाउने सिवाईसीले जनाएको छ । 

सहकारीका शेयर सदस्य भएका पत्रकारलाई संचार साधन खरिद गर्न ५० हजार ऋण सहुलियत ब्याजमा दिने कार्यक्रम सार्वजनिक गरेको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले सञ्चालन गरेको एक पत्रकार एक ल्यापटप कार्यक्रमलाई ५० हजार सहयोग गर्ने कार्यक्रममा उल्लेख छ । त्यस्तै बागलुङको मानव सेवा आश्रमको भवन निर्माणको लागि ५१ हजार तथा समुदायमा सिवाईसी कार्यक्रम अन्तर्गत सेवा क्षेत्र भएका ठाउँमा सामाजिक उत्तर दायित्वका कामहरुलाई समेत समेटेर जाने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

कार्यक्रमको अवसरमा संस्थाले प्रकाशनमा ल्याएको सिवाईसी सन्देस नामक डिजिटल पत्रिकाको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले विमोचन गरेका थिए । सहकारी सम्बन्धी शिक्षा, सूचना तथा जानकारीका सामग्रीहरु समेटी तयार गरिएको पत्रिकालाई संस्थाको सामाजिक सञ्जालतथा वेभसाइट मार्फत अध्ययनगर्न सकिने व्यवस्थामिलाएको संस्थाकाअध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए । एटिएम, मोबाइल बैकिङ, क्युआर कोड लगायतका डिजिटल प्रविधिहरु मार्फत बैकिङ सेवा दिँंदै आएको सहकारीले सूचना प्रवाह गर्ने उद्देश्यले डिजिटल पत्रिका प्रकाशनमा ल्याएको हो ।

संस्थाले चौमासिक डिजिटल पत्रिकाप्रकाशनगर्दै जाने छ । पत्रिकामा संस्थाले गरेका गतिविधि, सदस्यका सफलताका कथा, संस्थाका समाचार र सहकारी सम्बन्धी जानकारी मूलक सामाग्रीहरु समेटेर प्रकाशन गरिनेछ । 

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय राना र निवर्तमान अध्यक्ष दिल शिरीष  सहकारीले सामाजिक उत्तरदायित्व सहितको कार्यक्रम र पत्रकार लक्षित कार्यक्रम ल्याएकोमा सहकारीलाई धन्यवाद दिएका थिए । सिवाईसी सहकारीले गरेको असल अभ्यासलाई अन्य सहकारीले अनुशरण गर्न सकेमा सहकारी क्षेत्रको प्रवद्र्धन हुने बताएका थिए । संस्थाका सहसचिव सुवास आचार्यले स्वागत गरेको कार्यक्रममो सञ्चालन संस्थाका प्रमुखकार्यकारी अधिकृत कवि न्यौपानेले गरेका गरेका थिए । 

संस्थाले जेष्ठ नागरिक पेन्सन, जेष्ठ नागरिकलाई औषधी उपचारको लागि शुल्क, सुत्केरी पोषण सुविधा, आफन्त गुमाएका परिवारमा मृत्यु राहत, नवदुलही स्वागत लगायतका समुदायमा आधारित कार्यक्रमहरु गर्दै आएको संस्थाका अध्यक्ष पौडेलले बताए । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *