गण्डकीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

आदर्श अनलाइन, पोखरा

देशभर आज (शनिबार) को मौसम बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही स्थानमा भने भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

शनिबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *