बागलुङमा शुरु भयो अन्तराष्ट्रिय स्तरको स्वास्थ्य परामर्श दिने ‘टेलिमेडिसिन’ सेवा

खेमराज गौतम, बागलुङ
इन्टरनेटको माध्यमबाटै अन्तराष्ट्रिय स्तरको स्वास्थ्य परामर्शको लागि बागलुङमा ‘टेलिमेडिसिन’ कार्यक्रम शुरु गरिएको छ ।

विशेषगरी दिर्घ रोगीको मनोपरामर्श र औषधि उपचारसमेत सहयोग गर्ने उद्देश्यले बागलुङ नगरपालिकामा अन्तरराष्ट्रियस्तरको ‘टेलिमेडिसिन’ कार्यक्रम शुरु गरिएको छ । स्वास्थ्य समस्या र रिपार्ट पठाएको एक घण्टामा अन्तराष्ट्रिय सञ्जालमा जोडिएको सात सय बढी डाक्टरहरुले आफू संग सम्बन्धीत रहेको रोगको परामर्श र निदान गर्ने गरी जिल्लामा पहिलोपटक ‘टेलिमेडिसिन’ कार्यक्रम शुरु गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाबाट उक्त सेवा दिनेगरी शुक्रबार बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले ‘टेलिमेडिसिन’ कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । शभारम्भ पछि जनकराज पौडेलले अन्तरराष्ट्रिय बागलुङ समाजको पहलमा थलिएको उक्त सेवाले ठूला ठूला निदान नभएका रोगको समेत सजलै उपचार र परामर्श गर्न मिल्नेगरी उक्त कार्यक्रम ल्याइएको बताउनुभयो ।

नगरपालिकाका पहलमा यो पाइलट प्रोजेक्टका रूपमा शुरू भएको र यसले अन्यपालिकामा समेत सेवा विस्तार गर्ने छ । जटिल प्रकारका समस्या गाउँकै स्वास्थ्यचौकीबाट नगर स्वास्थ्य शाखामा रहेको ‘टेलिमेडिसिन’ डेक्समा आउनेछ । उक्त समस्या सफ्टवयरको माध्यमवाट विदेशमा पठाइने छ । उक्त रोगको निदान, उपचार र परार्मश ढिलोमा एक घण्टा भित्र डेक्समा आइसक्ने अन्तरराष्ट्रिय बागलुङ समाजका कार्यालय प्रमुख सुरेन्द्र कँडेलले जानकारी दिनुभयो ।

अनलाइनमार्फत विदेशी विशेषज्ञ चिकित्सकसमेत उपचार तथा परामर्शमा सहभागी हुनेछन् । यसबाट जटिल तथा दीर्घरोगीले बढी स्वास्थ्य सेवा तथा परामर्श पाउने नगरपालिकाको अपेक्षा छ । बागलुङ नगरपालिका, एनआरएन यूके र अन्तरराष्ट्रिय बागलुङ समाजले संयुक्त सहकार्यमा नगरपालिकामा नमूनाको रूपमा यो कार्यक्रम शुरू हुन लागेको हो ।

कुनै पनि स्वास्थ्यसम्बन्धी जटिल समस्या आएमा स्थानीय स्वास्थ्यकर्मीले काठमाडौं तथा पोखरा सिफारिस गर्नुपर्ने अवस्था रहँदै आएकोमा अनलाइन माध्यमबाट विभिन्न देशमा रहेका विषय विशेषज्ञ चिकित्सकको सल्लाह एवं परामर्शमा औषधि उपचार तथा परामर्श गर्ने कार्यक्रम नै ‘टेलिमेडिसिन’ कार्यक्रम रहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले जानकारी दिनुभयो ।

नगरपालिकामा स्वास्थ्य पहुँच बढाउन टेलिमेडिसिन कार्यक्रम ल्याउन सहजीकरण गरिेको र साउनको पहिलो दिनबाटै सेवा दिन शुरु गरेकोनगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “स्वास्थ्य कार्यालयमा एक जना कर्मचारी खटाइनेछ, उक्त कर्मचारीले विरामीको अवस्था र रिपार्ट अनलाईन मार्फत डाक्टरहरुको सञ्जालमा पठाइने छ । उक्त सञ्जालले आफ्नो सम्बन्धीत रोगको विषयमा तत्कालै उत्तर तथा परामर्श डेक्समा पठाउनेछन् ।

एनआरएनए अन्तरराष्ट्रिय समितिका महासचिव एवं अन्तरराष्ट्रिय बागलुङ समाजका सल्लाहकार डा. हेमराज शर्मा तथा चार भञ्ज्याङ तमु समाज यूकेका अध्यक्ष चन्द्र गुरुङको पहलमा नगरपालिकामा नमूनाको रूपमा कार्यक्रम सञ्चालनमा भएको छ ।

यो कार्यक्रम प्रभावकारी हुँदै आएमा जिल्लाको दुर्गम पालिका ढोरपाटन, बडिगाडलगायतमा समेत शुरू गरिने अन्तरराष्ट्रिय बागलुङ समाजले जनाएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिकामा उक्त सेवा प्रभावकारी रुपमा अगाडी बढिरहेको फलेवासको टेलिमेडिसिन कार्यक्रममा कार्यरत स्वास्थ्यकर्मी प्राथना पुनले जानकारी दिनुभयो ।

पुनका अनुसार प्रविधिको माध्यमबाट डाक्टरको पहुँचमा सवास्थ्य समस्या पु¥याएर समाधान खोज्नेकाम नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । उक्त टेलिमेडिसिनको अन्तराष्ट्रिय सञ्जालमा ७०० बढी डाक्टरहरु जोडिसक्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *