एक महिना नहुँदै उप्कियो क्याम्पस गेटको कालोपत्रे

आदर्श अनलाइन, बागलुङ

निरन्तरको झरीका बिच सडक कालोपत्रे गर्दा बागलुङ बजारको क्याम्पस गेट अगाडिको कालोपत्रे केही दिनमै उप्किएको छ ।

बागलुङ नगरपालिकाले चोक सुधार अभियान अन्र्तगत गोल्डेन गेट देखि क्याम्पस गेट सम्मको जीर्ण सडक स्तरोन्नती संगै कालोपत्रे गरिएकोमा महिना दिन नपुग्दै क्याम्पस गेट अगाडीको सडकमा कालोपत्रे उप्किएर खाल्डाखुल्डी परेको छ ।

आरएस निर्माण सेवाले २०७७ फागुन २३ मा १५ लाखमा १६० मिटर सडक स्तरोन्नती र नाली निर्माण संगै कालोपत्रेको जिम्मा पाएको थियो ।

वर्षको अन्तिम समयमा निरन्तरको वर्षा भइरहेको समयमा काम गर्दा कालोपत्रे उप्किएको स्थानीय युवराज कंडेलले गुनासो गर्नुभयो । यही सडक हिउँदमा कालोपत्रे गरे टिकाउ हुँने उहाँको भनाई छ । अहिले गरिएको काम बालुवामा पानी भएको कंडेल बताउनुहुन्छ ।

उक्त सडक आरएस निर्माण सेवाले जिम्मा लिएर एक महिना अघि मात्रै कालोपत्रे गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । नगरको चोक सुधार अन्र्तगत चोक विस्तारपछि उक्त सडक कालोपत्रे गरिएकोमा पानीको उचित निकास नहुँदा सडक उप्किएको छ ।

सडक उप्किएर खाल्टाखुल्टी भएपछि निर्माण सेवालाई भुक्तानी रोकेको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । “वर्खामा जमेको पानीले कालोपत्रे उप्किएको पायौं, निर्माण कम्पनीलाई मर्मत गर्न भनेका छौं” शर्माले भन्नुभयो “सडक मर्मत नभएसम्म भुक्तानी हुँदैन, १५ लाखमा एक पैसा समेत निर्माण व्यवसायीलाई दिएका छैनौ, पानी रोकिएपछि पानीको निकास सहित पुनः कालोपत्रे गर्न भनेका छौं, काम सम्पन्न भएपछि भुक्तानी दिन्छौं ।”

कालोपत्रे गरे लगत्तै लागातारको वर्षातको कारण नालीमा ढल अटाउन नसक्दा सडकमा क्षती पु¥याएको नगरपालिकाको भनाई रहेको छ । नगरपालिकाले बजार सुधार गर्न खाल्टाखुल्टी मुक्त गर्न एक किलोमिटर सडक कालोपत्रे गरिसकेको छ भने आधा दर्जन चोक चौडा बनाइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *