आदर्श सञ्चारद्वारा मृत्यु राहत रकम हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

आदर्श सञ्चार सहकारीका नियमित स्तम्भरकार तथा शेयर सदस्य देव बहादुर श्रेष्ठकी श्रीमती तथा संस्थाका शेयर सदस्य बागलुङ नगरपालिका–२ धौलागिरी चोक निवासी सिन्दुर कुमारी श्रेष्ठको निधन भएको १२ औं दिनकोे पुण्यतिथी पारेर श्रद्धाञ्जली सभा सहित मृतकका परिवारलाई राहात हस्तान्तरण गरेको हो ।

संस्थाका उपाध्यक्ष अनन्तबहादुर खड्का, सचिव ललिता थापा, सञ्चालक गिता खड्का संस्थाका सम्पादक रामबहादुर जिसी लगायतले शेयर सदस्यको निधनमा प्रदान गरिने १५ हजार र शेयर सदस्यका परिवारको निधनमा प्रदान गरिने ५ हजार गरी २० हजार मृतकका छोरी शर्मिला कुमारी श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले मृत्यु संस्कार अन्तरगत शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया मृत्यु राहत रकम प्रदान गर्दै आइरहेको छ ।

साविक धौलागिरी अञ्चलको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारीमा हाल २ हजार ७ सय जना शेयर सदस्य, ५ करोड शेयर रकम, ३५ करोड बचत, ३६ करोड कर्जा लगानी र ४५ करोड कुल सम्पत्ती रहेको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *