नरेठाटीका तीन सय घरमा खानेपानी

आदर्श अनलाइन, बागलुङ
जिल्लाको गलकोट नगरपालिका–२ नरेठाटीका सबै घरमा खानेपानी सुविधा पु¥याउने योजनाको तीब्र गतिमा निर्माण कार्य चलिरहेको छ । महत्वकांक्षी योजनाको रुपमा सञ्चालित एक घर, एक धारा कार्यक्रम अन्तर्गतको योजनाबाट स्थानीय उत्साहित छन् ।

नरेठाँटीको शिर थुम्कावासी लामो समयदेखि कुवा धाउँथे । पानी जोहो गर्दैमा बिहान बित्थ्यो । सबैभन्दा ठूलो सास्ती गृहिणीले व्यहोर्थे । अहिले थुम्कामा मात्रै हैन, सिंगो नरेठाँटीमै खानेपानीको एक घर, एक धारा कार्यक्रम सञ्चालनमा रहेको वडा कार्यालयले जनाएको छ । अहिले जस्पुर मसरा घामपानी खानेपानी आयोजना अन्तर्गत २१ करोड ५२ लाख रुपैयाँको लागतमा सिंगो वडामा खानेपानीको योजना सञ्चालित छ ।

खानेपानीको समस्या भोग्दै आएका नरेठाटीका सबै घरमा खानेपानी सपना पुरा हुने क्रममा रहेको गलकोट नगरपालिका–२ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले जानकारी दिनुभयो । “वडामा खानेपानीको पहिलेदेखि समस्या थियो, चार वर्ष अघि शुरु भएको योजना लक्ष्य उन्मुख छ” भण्डारीले भन्नुभयो “नरेठाटीका ६ सय ३७ घर मध्ये ३ सय घरमा खानेपानीको धारा पुगिसकेको छ, अन्य टोलमा समेत ट्याङ्की निर्माण, वितरण लाइनको काम भइरहेको छ, अहिलेको जननिर्वाचितको कार्यकाल सम्म सिंगो वडामा एक घर एक धारा पु¥याउने योजना छ ।” तत्कालै तोरीखोलाका ६१ घरमा धारा जडान हुरु हुने अध्यक्ष भण्डारीको भनाई छ ।

अहिले डिपिआरमा उल्लेख भएको २१ करोड ५२ लाख मध्ये १० करोड भन्दा बढीको काम भइसकेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, बेनी, म्याग्दी अन्तर्गत खानेपानी योजनाको काम भइरहेको छ ।

कुवाँको पानी खाँदै आएकोमा अहिले घरै माथी खानेपानी ट्याङ्की निर्माण भएको र घरमै धारा बन्ने कुराले हर्षित भएको स्थानीय चित्र बहादुर भण्डारीले बताउनुभयो । “३६ साल सम्म कुवाको पानी खाइयो, कुवामै गएर अहिले त्यही कुवाको पानी मोटरले तानेर खाइन्थ्यो, समस्या थियो” भण्डारीले भन्नुभयो “अहिले घर नजिकै ट्याङ्की बनेको छ, धारा बन्ने क्रममा छ, निकै सहज हुने अपेक्षा गरेका छौं ।”

थुम्कामा अहिले २० हजार लिटरको खानेपानी ट्याङ्की निर्माण सम्पन्न भइसकेको र धारा जडानको काम शुरु हुन थालेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, बेनी, म्याग्दीका इञ्जिनीयर प्रदीप रेग्मीका अनुसार मुहान तथा ट्याङ्की निर्माण र पाइप लाइन विस्तारको काम अन्तिम चरणमा छ ।
ठूला साना गरि २६ वटा ट्याङ्की निर्माण भइसकेका छन् । नरेठाटी बजार र आकाशे पानी स्थानमा ५० घनमिटरको ट्याङ्की निर्माण गरिएको इन्जिनियर रेग्मीले बताउनुभयो ।

उपभोक्ताले मिटर प्रणालीबाट महशुल तिरेर खानेपानी उपभोग गर्न पाउने र प्राप्त महशुलले आयोजनाको मर्मत सम्भार गरिने छ । हाल सम्म नरेठाँटी बजार, चिनामाली, पैँयूडाँडा, थुम्का, जस्कुर, घाँमपानी लगायतका बस्तीमा खानेपानी पुगिसकेको र अब अन्य टोलमा काम शुरु भइएको छ ।

वडाभरीनै रहेका खानेपानीको मुहानलाई ट्याङ्कीमा राखेर समान वितरण प्रणलीमार्फत घरमा धारा पु¥याउने योजना चलिरहेको जस्पुर मसरा घाँमपानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष रुमबहादुर कुँवरले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *