बागलुङमा साउन १४ सम्म थपियो निषेधाज्ञा

आदर्श अनलाइन, बगालुङ
जिल्ला प्रशासन कार्यालय बागलुङले साउन १४ गते सम्मको लागि निषेधाज्ञा थप गरेको छ । खुकुलो बनाउदै लगिएको निषेधाज्ञा थप १० दिन लम्बाएको हो । सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बागलुङको बैठकले साउन १४ गते राती १२ बजे सम्म लागु हुने गरि निषेशाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिनुभयो ।

बैठकले निषेधाज्ञा मात्रै लमएको र अन्य पवधानहरु पुरानै रहेको जनाएको छ । जसअनुसार होटल तथा रेष्टुरेन्टले बिहान देखि बेलुका ७ बजेसम्म टेकअवे, तथा होम डेलिभरी सेवा संचालन गर्न पाउने छन् । तर जीमहल, सिनेमा हल, पार्टी प्यालेस, फिटनेस, व्युटिपार्लर, शैलुन, फुटपाथ, ट्रेनिङ सेन्टर लगायत सेवा तथा स्थलहरु भने खोल्न सञ्चालन गर्न पाइने छैन ।

यस्तै, फेन्सी, ईलेक्ट्रोनिक्स, पुस्तक पसल, हार्डवयर, मोबाईल पसल, कस्मेटिक्स, टेलरिङ भने बिहान ११ बजे देखि साँझ ६ बजेसम्म संचालन गर्न पाईने कार्यालयले जनाएको छ । यस्तै खाद्यन्न, फलफूत तथा दूध तथा मासु पसल विहान १० बजे सम्म र बेलुका ४ देखि ६ बजे सम्म खुल्ला रहनेछन् । यस अघि बैंक तथा वित्यि संस्ता र यातयातका साधनहरु खुल्ला भइसकेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *