मदिरा मृत्यु प्रकरणः प्रहरीद्वारा डिएसपी नेतृत्वमा छानविन समिति

आदर्श अनलाइन,बागलुङ

जिल्ला प्रहरी कार्यालयले गलकोटको मदिरा मजदुर मृत्यु प्रकरणबारे आवश्यक अनुसन्धान गर्नका लागि छानविन समिति बनाएको छ ।

मंगलबार प्रहरी नायव उपरीक्षक इकवाल हवारीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको प्रहरीले जनाएको छ । घरेलु मदिरा सेवनबाट गाउँमा मजदुरीका लागि आएका ४ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी छन् ।

विषाक्त मदिरा प्रकरणमा आवश्यक अनुसन्धानका लागि पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीय भक्तबहादुर बलाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले दुखद घटना भएको भन्दै यसबारेमा अनुसन्धान गर्न डिएसपीको नेतृत्वमा एक टोली नै गठन गरिएको बताए । प्रहरी नायव उपरीक्षक इकवाल हवारीको नेतृत्वको समितिलाई ७ दिनको समय दिएर घटनास्थलमा अनुसन्धानका लागि पठाएको उनले बताए । ‘घटनाको मिहिन रुपमा अनुसन्धान सुरु गरेका छौ, केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छौ, मजदूरले खाएका चाउचाउ, दालमोठ र मदिराका भाँडा समेत बरामद गरेका छौँ,’ एसपी पल्लीले भने, ‘अब शवको भिसेरा परीक्षण र मदिरा तथा खाद्य पदार्थको ल्याव टेष्टको रिपोटले के कुरामा खराबी थियो भन्ने पत्ता लाग्नेछ । यसका साथै अरु केही भए पनि थप अनुसन्धानबाट खुल्नेछ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *