पालिकाले बनायो आफ्नै स्थानीय पाठ्यक्रम

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय पाठ्यक्रम तयार गरेको छ । तमानखोलाले एक वर्ष लगाएर तयार पारेको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक गाउँपालिकाका सबै विद्यालयमा पठाइसकेको छ ।

गाउँपालिकाले ‘मेरो तमानखोला’ पाठ्यपुस्तक यही वर्षदेखि विद्यालयमा अध्यापन गराउने तयारी सहित विद्यालयमा पठाएको तमानखोला गाउँपालिकाले जनाएको छ । विद्यार्थीलाई आफ्नो भूगोल, संस्कृति, धर्म र रितीरिवाजको विषयमा थाहै नभई उच्च शिक्षा अध्ययनमा पुग्ने र स्थानीय संस्कार संस्कृतिका बारेमा बेखबर हुने परिपाटीको अन्त्यका लागि कक्षा एक देखि पाँच सम्म लागु हुने गरि एक विषय स्थानीय पाठ्यक्रम समावेश गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।

“विद्यार्थीले राष्ट्रिय अन्तर्राष्ट्रिय कुरा सिकेका हुन्छन् तर आफ्नै गाउँ, आफ्नै ठाउँको विषयमा जानकारी पाएका हुँदैनन्” बुढा मगरले भन्नुभयो “कम्तिमा आफ्नो पालिकाको भूगोल, सामाजिक अवस्था, पर्यटकीय स्थल, भूगोलको सामान्य ज्ञान् भए पनि होस भन्ने हो ।” गाउँपालिकाले झण्डै सात लाख खर्चेर आफ्नै पाठ्यक्रम तयार गरेको हो ।

पालिका भित्रका २१ सामुदायिक र २ निजी गरि २३ वटा विद्यालयमा सथानीय पाठ्य पुस्तक पठाइएको शिक्षा अधिकृत पुरन घर्तीले जानकारी दिनुभयो । कक्षा १ देखि ५ सम्मको लागि तयार पाठ् पुस्तकमा कला, संस्कृति, भूगोल, खनिज पदार्थ, कृषि, वन पैदावर, जडिबुटी, प्राकृतिक स्रोत तथा पशुपालन लगायतका विषय समेटिएको छ ।

गाउँपालिका अध्यक्ष संयोजक र शिक्षा अधिकारी सदस्य सचिव रहेको ७ सदस्यीय पाठ्यक्रम निर्धारण समितिले पाठ्यक्रम तयार गरेको तमानखोला गाउँपालिकाले जनाएको छ । जिल्लाकै दुर्गम पालिकामा पर्ने तमानखोला पालिका स्थापना भएदेखि निरन्तर सामाजिक, आर्थिक तथा भौतिक विकासमा अगाडि देखिएको छ ।

वि.स २०८० सम्ममा पालिकाले माध्यामिक तहको लागि समेत स्थानीय पाठ्य पुस्तक तयार गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष बुढाले बताउनुभयो ।

स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सम्भावना, स्रोत तथा भुगोलक ेनिद्रग तरी पाठ्य पुूतक तयार गर्ने संवैधानिक व्यवस्था अनुसार पाठेय पुस्तक तयार पारिएको हो । मेरो तमानखोला पाठ्य पुस्तक हप्ताका चार दिन पठनपाठन हुनेगरी १०० पूर्णाङ्कको निर्माण गरिएको हो । एक सय पूर्णाङ्कलाई दुई खण्डमा एउटा अनिवार्य र अर्को ऐच्छिक खण्ड गरेर विभाजन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *