सडक ढलान र नाली निर्माण


–आदर्श अनलाइन, बागलुङ

पुर्वधार विकास कार्यालय बागलुङको आर्थिक वर्ष २०७७\७८ मा विनियोजन भएको रकमले पैरावारी, तितौरे, हल्लनचोक, टिमुरे अन्तर्गत हल्लन्चोक, पानीमन्न (ढाड) मा सडकको स्तरोन्नती गरिएको छ ।

विनियोजित रु. तीस लाखबाट केही सडक ढलान र केही पक्की नाली निर्माण गरिएको छ । वर्खाका हिलो र हिउँदमा हिलाम्मे उक्त सडकमा १७५ मिटर सडक ६.५ मिटर चौडाईमा ढलान भएको छ भने २०० मिटर पक्की नाली निर्माण गरिएको उपभोक्ता समितिका सचिव शुर्य शर्माले जानकारी दिनुभयो ।

“निकै जिर्ण अवस्थामा रहेको उक्त सडकमा सवारी साधन फस्ने समस्या थियो” शर्माले भन्नुभयो “अहिले पक्की नाली निर्माण र केही सडक ढलान भएपनि उक्त क्षेत्रमा सवारी साधन फस्ने र यात्रुलाई पर्ने समस्या हटेर गएको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *