बागलुङमा वीपी स्मृति दिवसः वीपीको योगदान र नीति नभुलौ

आदर्श अनलाइन, बागलुङ

नेपाली कांग्रेस बागलुङले संस्थापक नेता वीपी कोइरालाको ३९ औँ स्मृति दिवसमा बागलुङ जिल्लाभर बिभिन्न कार्यक्रम गरेर मनाएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत रहेका कोइरालाको स्मृतिमा बुधबार बागलुङमा सरसफाइ, प्रवचन तथा जैमिनीमा स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।

नेपाली कांग्रेस नगर समितिको आयोजनामा बागलुङ नगरपालिका–१ रामरेखामा रहेको वीपी स्मृति पार्कमा सरसफाई पछि आयोजित कार्यक्रममा बोल्ने बत्ताहरुले वीपीको योगदान सँगै उनले अबलम्बन गरेका नीतिहरु पनि स्मरणीय रहेको बताएका थिए । कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य रत्ना शेरचनले वीपीले लोकतन्त्र र विधिको शासनका लागि खेलेको भूमिका अभुतपूर्व स्मरणी रहेको बताउनुभयो । उहाँल्े लोकतन्त्रको रक्षाका लागि अहिले पनि विधिको शासन अपरिहार्य भएकोमा जोड दिनुभयो ।

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, जिल्ला पार्टी सभापति दिपेन्द्रबहादुर थापा, पूर्व सभापति प्रकाश शर्मा पौडेल, महिला संघकी केन्द्रीय सदस्य पार्वती आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम कांग्रेस नगर सभापति महेन्द्र आचार्यको अध्यक्षता र शम्भु आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

गण्डकी प्रदेश सरकार तथा डिभिजन वन कार्यालय मार्फत १५ लाख रुपैयाँको लागतमा वीपी पार्क निर्माण गरिएको हो । उक्त पार्क निर्माण सक्न थप डेढ लाख उपभोक्ताले लगानी गरेको नगर सभापति आचार्यले बताउनुभयो । उक्त पार्कमा थप वीपीको शालिक र भ्यू प्वाइन्ट बनाउने योजना समेत रहेको आचार्यको भनाई छ ।

जैमिनीमा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाली काँग्रेस बागलुङले नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाको ३९ औ स्मृति दिवसको अवसरमा कोभिड नियन्त्रण, रोकथाम र उपचारका लागि कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्र जैमिनि नगरपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कार्यक्रममा आमन्त्रित केन्द्रिय सदस्य किरणराज शर्मा पौडेलले नेपाली काँग्रेसले कोभिड नियन्त्रण र उपचारको लागी देशव्यापी रूपमा स्वास्थ्य सामाग्री वितरण गर्दै स्वास्थ्य सचेतना फैलाई रहेको बताउनु भएको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकार जनताको स्वास्थ्यप्रति जिम्मेवार रहेको र सबै नागरिकलाई खोपको व्यवस्था गर्ने गरी तयारी गरेको बताउनु भएको थियो ।

कार्यक्रममा महासमिति सदस्य एवं पुर्व मन्त्री चम्पादेवी खड्का, जैमिनि नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले वर्तमान कोभिड र आगामी दिनमा थप सुरक्षणका लागी सबै एकजुट हुन आग्रह गर्दै वीपी र वर्तमान राजनीतिक अवस्थाका बारेमा चर्चा गर्नुभएको थियो ।

केन्द्रिय समिति र विभिन्न संघ संस्थाको सहयोगमा प्राप्त सामाग्रीहरू स्वास्थ्य संस्थालाई हस्तान्तरण गर्दै विपीको चिन्तनलाई आत्मसात गर्दै हरेक जनप्रतिनीधि र राजनीतिक कार्यकर्तालाई जनताप्रति उत्तरदायी बनेर काम गरेमा विपी प्रति उच्च सम्मान हुने बताँउदै सभापति दिपेन्द्र बहादुर थापाले समुन्नत समाज निर्माण र असहज परिस्थितिमा देशलाई निकाश दिने जिम्मेवारी काँग्रेसले पुरा गरिरहेको बताउनु भयो ।

५ लिटरका ४ वटा पहिला नै छ यस पटक काँग्रेसले दिएको १० लिको अक्सिजन कन्स्नटेटरले सेवा प्रदानमा सहजता ल्याउने स्वास्थ्य केन्द्रका प्रमुख सिनिएर अहेव शान्ती शर्माले बताउनु भएको छ । केन्द्रमा १ जना डाक्टर, १ जना हेल्थ असिसेन्ट, ३ जना अहेव, ३ जना अनमी, १ जना स्टाफ नर्स, १ जना ल्याब असिसेन्ट, ३ जना कार्यालय सहयोगी, १ जना चालकको दरबन्दी रहेको छ । हाल डाक्टर र ल्याब असिस्टेन्टको दरबन्दी रिक्त रहेको सिनिएर अहेव डिल्ली शर्माले जानकारी दिनुभएको छ ।

कार्यक्रम जिल्ला सभापति दिपेन्द्र बहादुर थापाको अध्यक्षता, महाधिवेशन प्रतिनिधि एवं जिल्ला सदस्य हरि आचार्यको स्वागत र जिल्ला कोषाध्यक्ष उमेश गौतमको सञ्चालन, जैमिनि नगर सभापति काशीराम आचार्यको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *