कोरोना कहरमा पनि राजश्वमा वृद्धि

आदर्श अनलाइन, बागलुङ

कोरोना महामारीका कारण उद्योग व्यवसाय ठप्प रहेको सन्दर्भमा साविक धौलागिरीका चार जिल्लामा भने लक्ष्य भन्दा बढी राजश्व संकलन भएको छ ।

धौलागिरीका चार जिल्ला बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लाको राजश्व संकलन गर्ने आन्तरिक राजश्व कार्यालय बगालुङले आर्थिक वर्ष २०७७/०७८ लक्ष्य भन्दा ५७.२६ प्रतिशत बढी राजश्व संकलन भएको जनाएको छ ।

आन्तरिक राजश्व कार्यालय बागलुङले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक लक्ष्य ८६ करोड २० लाख ६ हजार रहेकोमा लक्ष्य भन्दा ५७.२६ प्रतिशत बढी १ अर्व ३५ करोड ५५ लाख ६८ हजार रुपैयाँ राजश्व कंकलन गरेको छ ।

राजश्वमा आयकर तर्फ ४८.७७ प्रतिशत ७९ करोड ७ लाख ९१, बहाल करमा ११.४७ प्रतिशत २ करोड ५० लाख ७७ हजार, व्याजकरमा १७.३४ प्रतिशत ९ करोड ६७ लाख ५७ हजार रुपैयाँ, मुल्यवृद्धि अभिवृद्धि करमा ९८.४ प्रतिशत अर्थात् ४१ करोड ७६ लाख ७८ हजार र अन्त शुल्कमा ९८.३५ प्रतिशत अर्थात दुई करोड ४० लाख ९३ हजार रुपैयाँ संकलन भएको आन्तरिक राजश्व कार्यालयका प्रमुख जनकराज शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार लक्ष्य भन्दा बढी राजश्ज संकलन हुनुमा २१ करोड ५४ लाख बक्यौता राजश्व असुली र राजश्व सम्भाव्यता क्षेत्रको अनुगमन र कर कानूनको परिपालन गर्ने प्रचलनमा सुधार मुख्य कारण रहेको छ । “कोराना कहर जारी रहे पनि सहज हुँदा साथ राजश्व तिर्ने बढे, कर तिर्नु पर्दछ भन्ने सचेतना समेत सबैमा हुन थाल्यो” शर्माले भन्नुभयो “गत वर्षको बक्यौता रकम ठूलो मात्रामा अहिले उठ्यो, त्यसैले लक्ष्य भन्दा ५० प्रतिशत भन्दा बढी राजश्व संकलन भएको छ ।”

आर्थिक वर्षमा स्वास्थ्य सेवा कर एक लाख ८७ हजार र शिक्षा सेवा शुल्क ८६ हजार रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा १५७ दशमलब २६ प्रतिशत प्रगति भएको हो । यस्तै, गत आर्थिक वर्षमा आन्तरिक राजश्व कार्यालय बागलुङले तीन हजार ४ सय ४० व्यावसायिक करदाता, चार हजार ९ सय १२ जना व्यक्तिगत करदाता र ४२ जना अग्रिम कर कट्टी गरी जम्मा ८ हजार ३ सय ९४ जना करदाता थपिएका छन् । जसमध्ये २ सय १ जना मूल्य अभिवृद्धि करमा र १ सय ५० जना अन्त शुल्कमा समेत करदाता थपिएको कार्यालय प्रमुख शर्माको भनाई छ ।

कर बक्यौता असुली तर्फ आयकर १५ करोड ९१ लाख ३८ हजार रुपैयाँ, मुल्य अभिवृद्धि कर तर्फ ५ करोड ६२ लाख ८९ हजार गरी रु.२१ करोड ५४ लाख १५ हजार बक्यौता असुली भएको छ । आन्तरिक राजश्वक कार्यालयले गत आर्थिक वर्षमा कुल ६३ जना करदाताको छानविन, परीक्षण र अनुसन्धान गरि आयकर तर्फ दुई करोड ७६ लाख ५४ हजार र मूल्य अभिवृद्धि कर तर्फ ५ करोड ३५ लाख ५ हजार थप कर निर्धारण गरिएको छ । यस्तै, १ सय २ वटा करदाताको दु्रत छानविनबाट ३५ लाख ७९ हजार कर असुल तथा १ सय ८२ वटा करदाताको अनुगमनबाट ३ लाख ५ हजार जरिवाना संकलन गरिएको हो ।

७ हजार ३८ करतादाको विवरण अद्यावधिक तथा एक हजार १ सय ५३ करदाताको बायोमेट्रिक रजिष्ट्रेशन र १० वटा करदाता शिक्षा कार्यक्रम गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *