गण्डकीमा बागलुङका मणिभद्र शर्मा पनि कांग्रेसबाट मन्त्री बन्ने

आदर्श अनलाइन,बागलुङ

नेपाली काँग्रेसले गण्डकी प्रदेशमा मन्त्री हुनेको नाम टुंगो लगाएको छ ।

कांग्रेसबाट बागलुङका मणिभद्र शर्मा कँडेल पर्यटन मन्त्री, कास्कीका बिन्दु कुमार थापा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला र स्याङ्जाका मेखलाल श्रेष्ठ भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री बन्ने भएका हुन् । हिजो मात्रै बागलुङकै चन्द्रबहादुर बुढा पनि नेकपा माओवादी केन्द्रबाट भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री बन्ने निश्चित भएको छ ।

काँग्रेसमा व्यक्तिपिच्छेका गूट उपगूटका कारण मन्त्री चयनमा विवाद भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको थियो ।

यसअघि कांग्रेसका तर्फबाट कुमार खड्का सरकारमा सहभागि भएका छन् । काँग्रेसको भागमा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, कानुन, सञ्चार तथा प्रदेशसभा मामिला, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको छ ।

काँग्रेसले तीन जनाको नाम छनोट गरेपनि कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो भने लगाएको छैन । यसअघि माओवादीले पनि बिहीबार तीन मन्त्रीको टुंगो लगाएको थियो ।
माओवादीले रामजी बराल ९जीवन० अर्थमन्त्री, चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री र दीपक थापा वन, वातावरण तथा भू–संरक्षण मन्त्रीमा नाम टुंगो लगाएको हो । काँग्रेस र माओवादीका तीन÷तीन जनाले आजै शपथ लिँदै छन् ।

गण्डकी प्रदेशमा रहेका ११ मन्त्रालयमध्ये पाँच मन्त्रालय कांग्रेसले पाएको छ । यस्तै माओवादीको भागमा चार, जसपा र स्वतन्त्र सांसद राजीव गुरुङको भागमा १÷१ मन्त्रालय परेको छ ।
काँगे्रसले यसअघि जनता समाजवादीलाई २ मन्त्रालय दिने सहमति गरेको थियो । तर, जसपासँगको सहमति तोडेर काँग्रेसले उसलाई दिने भनेको मन्त्रालय आफैले राखेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *