गण्डकीमा कसरी फुल्यो ‘कमलको फूल’ !

कृष्णराज शर्मा

हुन त हिजोआाज विद्यालयको विद्यार्थी संगठनको सदस्यमा बिजय पाउना साथ बाबाले बनाउँदै गरेको घरमा म भोली मन्त्री हुने हो, झण्डा राख्ने ठाउँ अहिल्यै राखिदिनुस् है बाबा भन्ने चलन भित्रभित्र बढेको देखिन्छ । तर, यी मान्छे त्यसरी मन्त्री भएको मैले मान्दिन । मैले जाने सम्म अत्यन्त सरल र नम्र स्वभावका धनी चन्द्र बहादुर बुढामगर ‘सागर’ को राजनीतिक फाँटमा पनि म पस्न चाहन्न । उनको आस्था र पार्टी गतिविधिसंग पनि मेरो सरोकार छैन । केवल उनको आनीबानी आचरण, स्वभाव र विशुद्ध सेवा भावको मान्छे मन्त्री बनेको देखेर उनी भन्दा मलाई खुशी लागेर बधाईका केही वाक्य लेख्न मन लाग्यो ।

आर्थीक रुपमा पनि उनी माथी कसैले कहिल्यै ‘बदमास’ भनेको पटक्कै सुने–जानेको छैन । शुरुमै भने जस्तो मन्त्री बन्छु भन्ने महत्वाकाँक्षी स्वभाव भएका पनि यिनी होईनन् । समाज बदल्नु पर्छ र गरीबको उन्नतिका लागि ज्यान फालेर लागेका हुन भन्ने उनका प्रति मेरो बुझाई छ ।

बागलुङको ताराखोला जस्तो विकट भूगोलमा जन्मेका चन्द्र बुढा अत्यन्त भद्र र शालिन लाग्दथ्यो मैले चिन्दा, आज पनि उस्तै लाग्छन् । उग्र पार्टीमा लागेर पनि उनीमा जबर्जस्त बसेको नम्रतानै ‘सागर’ को सागर जस्तै शान्त र विशिष्ट ‘विशेषता’ हो । ढाँट, छलकपट बेइमान र षड्यन्त्रै षड्यन्त्रको हिलाम्य राजनीतिक पोखरीबाट कसरी ‘कमलको फूल’ बनेर गण्डकी प्रदेशमा ‘सागर’ फूले, म छक्क छु !

यीनले आँफै ‘मै हुनुपर्छ’ भनेर कतै दुःखेसो पोखे होलान् जस्तो पनि मलाई लाग्दै लाग्दैन । जसका कारण आँफु फूले ! त्यसैले आज यो फूललाई मेरो अन्तरहृदयबाट बधाई दिन चाहन्छु र भन्न चाहन्छु कि मन्त्रालयको विभाग नमिले पनि बागलुङ देखि घोडाबाँधे सम्मको सडकमा जमेर बसेको ’कपटी कर्म’ को जालो नम्रतापूर्वक नै उखेलेर फाल्दै पवित्र गण्डकी झैं यो बाटोमा शीघता शीघ्र सवारी साधनलाई सलल बगेको देख्न चाहन्छु । आगे तपाईकै मर्जी ! अनि यो कार्यकालमा नसके बरु नगर्दा हुन्छ तर सुन्दर फूलमा धब्बा नलागोस् । छोटो लामो जे सुकै होस्, सफल कार्यकालको शुभकामना व्यक्त गर्दै फेरी पनि हार्दिक बधाई दिन चाहन्छु । धन्यवाद ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *