विभागको सूचना प्रति गैरआवासीय नेपाली संघ कतारको ध्यानाकर्षण

आदर्श अनलाईन, दोहा, कतार ।
वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि जारी गरेको सूचना प्रति गैरआवासीय नेपाली संघ कतारले ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले मंगलबार जारी गरेको पुनः श्रम स्वीकृतिको लागी कामदारको भिसा र करारपत्रमा उल्लेखित पेशामा एकरुपता ल्याउनु पर्ने सूचना प्रति बिहीबार गैरआवासीय नेपाली संघ कतारले प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।

विभागले खाडी तथा मलेसियास्थित नेपाली राजदूतावासहरुलाई पठाएको पत्रमा पुनः श्रम स्वीकृतिको लागी कामदारको भिसामा उल्लेखित पेशा पुष्टि गर्ने प्रमाणपत्र लिएर आउन भनिएको थियो ।

गैरआवासीय नेपाली संघ कतारले जारी गरेको प्रेस बिज्ञप्तिमा बिभागले जारी गरेको सूचना ब्यबहारिक नभएकोले हजारौं कामदारको रोजगारी गुम्ने खतरा रहेको भन्दै तत्काल स्थगन गर्न माग गरिएको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र महासचिव पदम गिरिले हस्ताक्षर गरेको प्रेस बिज्ञप्तिमा भिसामा जे लेखिएता पनि कामदारहरु आफनो दक्षता अनुसारको काम गर्दै सो बापतको पारिश्रमिक बाट सन्तुष्ट रहेको भन्दै बिभागले उल्लेख गरेको प्रावधान पूरा गर्न सम्भव नहुने भनिएको छ ।

साथै बिज्ञप्तिमा कामदारले तत्काल चाहेर पनि आफ्नो पेशा परिवर्तन गर्न सम्भव नरहेको भन्दैं नेपाल गएर पुनः फिर्ता हुने कामदार श्रम स्वीकृतिको लागि सेटिङ्गको नाममा ठगिने र अनियमितता बढ्न सक्ने आशंका व्यक्त गरिएको छ ।

गैरआवासीय नेपाली संघका प्रवक्ता सन्तोष क्षत्रीले बिभागले अगाडि सारेको प्रावधान बाट ३ लाख पचास हजार भन्दा बढी कामदार कार्यरत रहेको कतारका हजारौं कामदार प्रभावित हुने बताउनुभयो । साथै उहाँले वैदेशिक रोजगारीलाई ब्यबस्थित र मर्या्दित बनाउनको लागी नेपाल सरकारले चाल्ने सकारात्मक कदममा आवश्यक छलफल र रचनात्मक सहयोगको लागि गैरआवासीय नेपाली संघ कतार सदैव तत्पर रहेको बताउँनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *