बागलुङमा ८९ करोड बजेट फ्रिज

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लामा गत आर्थिक वर्ष २०७७/०७८ मा संघीय सरकारले ८०.०९ प्रतिशत र गण्डकी प्रदेश सरकारको ८६ प्रतिशत पूँजीगत बजेट खर्च भएको छ ।

संघीय सरकारले गत आर्थिक वर्षमा पूँजीगत तर्फ विनियोजन गरेको १ अर्ब ७२ करोड १ लाख ७८ हजार ९ सय ८० रुपैयाँ मध्ये १ अर्ब ३७ करोड ७७ लाख ६ हजार ९ सय ९० रुपैयाँ बजेट खर्च भएको छ भने ३४ करोड २४ लाख ७१ हजार ९९० रकम खर्च हुन नसकेर फ्रिज भएको छ ।

गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/०७८ मा बिनियोजन गरेको पूँजीगत बजेट २ अर्ब ६ करोड ८९ लाख ८८ हजार मध्ये जम्मा एक अर्ब ७७ करोड ८३ लाख ४ हजार २०९ बजेट खर्च भएको छ भने २९ करोड ६ लाख ८३ हजार ७९१ बजेट खर्च हुन नसकेर फ्रिज भएको छ ।

यसैगरी, १० स्थानीय तह सहित ५१ वटा कार्यालय रहेको संघीय सरकारले गत आर्थिक वर्षमा बिनियोजन गरेको चालु तर्फ ६ अर्ब ६४ करोड ७१ लाख ८२ हजार ७१ बजेट मध्ये ६ अर्ब २४ करोड ६६ लाख ५२ हजार ८०७ खर्च भएको छ भने ४० करोड ५ लाख २९ हजार २६४ बजेट फ्रिज भएको छ । संघ मार्फत्का कार्यालय र कर्मचारी तथा सुरक्षा निकायको तलब भत्तामा ठूलो रकम खर्च हुँदै आएको छ ।

चालु तर्फ संघीय सरकारको गत आर्थिक वर्षमा ९३.३७ प्रतिशत प्रगति भएको छ । संघीय सरकारको चालु तथा पूँजीगतको समग्र प्रगति ८७.०३ रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङले जनाएको छ । यसरी संघीय सरकारको पूँजिगत तर्फ खर्च नभएको ३४ करोड २४ लाख ७१ हजार ९९० रकम र चालु तर्फ खर्च नभएको ४० करोड ५ लाख २९ हजार २६४ गरि संघीय सरकारको जम्मा रु. ७४ करोड ३० लाख एक हजार २५४ रकम फ्रिज भएको छ ।

यस्तै, १० स्थानीय तह सहित २६ वटा कार्यालय रहेको गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा चालु तर्फ बिनियोजन गरेको ७२ करोड ४० लाख ६२ हजार मध्ये ५९ करोड २५ लाख ४६ हजार ३५६ बजेट खर्च भएको छ भने १३ करोड १५ लाख १५ हजार ६४४ रकम खर्च नभएर फ्रिज भएको छ ।

यसरी प्रदेश सरकारको पूँजीगत तर्फ खर्च नभएको २९ करोड ६ लाख ८३ हजार ७९१ र चालु तर्फ खर्च नभएको १३ करोड १५ लाख १५ हजार ६४४ गरी गण्डकी प्रदेश सरकारको जम्मा ४२ करोड २१ लाख ९९ हजार ४५५ रकम फ्रिज भएको छ ।

बागलुङ जिल्लामा संघीय कार्र्यालयको ७४ करोड ३० लाख एक हजार २५४ रुपैयाँ र गण्डकी प्रदेश सरकारको ४२ करोड २१ लाख ९९ हजार ४५५ रकम गरी जम्मा ८९ करोड ५२ लाख ७०९ रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख ज्ञानेन्द्रराज वझाले जानकारी दिनुभयो । कोरोना कहरमा समेत पूँजीगत खर्चमा संघीय तर्फ ८०.०९ र गण्डकी प्रदेश तर्फ ८६ प्रतिशत प्रगती हुनु सन्तोषजनक रहेको वझाको भनाई छ । विकास निर्माणमा बजेट अभाव भइरहेको सन्दर्भमा भने पूँजीगत तर्फ संघीय कार्यालयको ३४ करोड बढी र गण्डकी प्रदेश अन्तर्गतका कार्यालयको २९ करोड बजेट फ्रिज हुनु दुखद विषय भएको स्थानीयले बताएका छन् ।

संघीय सरकार र प्रदेश सरकारको अधिकाँश बजेट भने असारमा आएर खर्च भएको पाइएको छ । संघीय सरकारको पूँजीगत बजेट १ अर्ब ७२ करोड १ लाख ७८ हजार ९८० रकम मध्ये असारमा मात्रै ३८ करोड ८१ लाख २ हजार २२७ रकम खर्च भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *