दैनिक जीवनको कथा : बागलुङ बजारमा खानेपानीको व्यथा

सरोजराज पन्त
खुला ट्यांकीका कारण फोहोर पानी आउनुका साथै आकाशबाट पानी पर्दा साथ धारामा सोझै धमिलो पानी आउँछ । हिउँदमा खानेपानी कम आउँदा धारा खोज्दै हिँड्नुपर्ने, बर्खामा खानेपानी नआएर, आएपनि खोलाको भल जस्तै आउँछ । यस्तो पानी प्रयोग गर्ने स्वास्थ्यको दृष्टीले ठीक नभएकोले घण्टौ समय खर्चेर, हिँडेर र बोकेर पानीको गर्जो टार्नु दैनिकी बनेको छ ।

पानी जीवन हो । स्वच्छ पानी मानिसका लागि अति आवश्यक छ । पानी विकासको अति आवश्यक र महत्वपूर्ण पूर्वाधार हो । पानीको उपयोग मात्र पिउने आपूर्तिमा मात्र सिमित छैन । पानी भाँडा माझ्न, खाना पकाउन, सरसफाई गर्न, बोट बिरुवा हुर्काउन, लुगा धुन, नुहाउनका लागि, पशुपंक्षी पालन गर्न, जलविद्युत उत्पादन, किचन गार्डेन, सिंचाइ, विकास निमार्ण आदि क्षेत्रमा पानीको फरक–फरक काम र आवश्यकता पर्दछ ।

जलस्रोतमा धनी राष्ट्र नेपालमा ६ हजार भन्दा धेरै नदी नालाहरु छन् । यद्यपि आवश्यक र प्रर्याप्त पानीको अभावका कारण आजसम्म पनि विभिन्न समस्या व्याप्त छन् । राणाकालमा २०४७ सालदेखि काठमाण्डौंमा पाइप मार्फत पिउने पानी बितरण कार्य सुरु भएको भएता पनि अहिलेसम्म काकाकुल छ । वि.सं.२०१३ सालबाट पञ्चवर्षिय योजना मार्पmत् नेपाल सरकारले विकासका अति आवश्यक पूर्वाधार मध्ये पिउने पानीमा जोड दिदै आएको पाइन्छ । २०४८ सालमा सुरु भएको मेलाम्ची खानेपानी योजना काठमाडौंबासीको सपना भएको छ ।

समस्या काठमाडौको मात्र होइन, बागलुङ बजारको पूर्व कालिगण्डकी, पश्चिम काठेखोला बाह्रै महिना कलकल बगिरहे पनि बत्ति मुनिको अध्यारो बागलुङ बजार अहिलेसम्म पनि स्वच्छ पिउने पानीको अभावमा तड्पिरहेको छ । जताततै पानी छ तर पिउनको लागि एक थोपा पानी पनि छैन भन्ने भनाइ ठयाक्कै मिल्ने बागलुङ बजारको यो समस्या अहिले शहरीकरण भएर धेरै जनसख्या बढेकोले मात्र आएको नभई पहिलै देखि रहदै आएको पाइन्छ । जनकवि केशरी धर्मराज थापा २०२३ सालमा बागलुङ आएका बेला बागलुङ बजारमा भएको खानेपानीको हाहाकार र पानीका लागि महिला(पधेर्नी)हरुको दुःख देखे पछि तयार गरिएको गीत तत्कालीन धौलागिरी अञ्चलको अञ्चलाधीसको कार्यालय हालको जिल्ला प्रशासन कार्यालय बागलुङको प्राङ्गणमा गाउनुभएको ‘बागलुङको बजार, पधेर्नीलाई दुःख हजार’ गीतबाट स्पष्ट हुन्छ कि यहाँ पानीको अभाव पहिला पनि थियो र थाप्लो माथीको बागलुङेले कहिले फेर्ने चोला भने झै अहिले पनि अवस्था उस्तै छ ।

धर्मराज थापाले गीत गाएको अहिले ५५ वर्ष भइ सकेको छ । यो बीचमा बागलुङको भौगोलिक मुहार फेरियो विद्युुत, सडक, सञ्चार, शिक्षा, स्वास्थ्य आदिमा विकासले फड्को मा¥यो । खानेपानीको समस्या समाधान गर्न अहिले घरघरमा धारा जडान भए तर पनि अहिले पनि उस्तै अवस्था छ । महिलाहरुलाई आज पनि बिहान बेलुका पहिले जस्तो पधेरामा धाउनु पर्ने बाध्यता छँदैछ । घरमा भएको धारामा हेरेर मोटर ठिक्क पार्ने तर बेलाबेलामा लामो समय देखिने खानेपानीको समस्याले बजारबासीलाई सकस दिइ रहेको छ । हिउँदमा पानी कम भएर अनि बर्खायाममा पहिरो, बाढी, भेल आदिका कारण बागलुङमा धमिलो फोहोर खानेपानी समस्या कायमै छ भने वितरण गर्दै आएको खानेपानी शुद्धिकरण नगरी वितरण गरिनुले स्वास्थ्य समस्या आउने जोखिम पनि बिद्यमान छ । धमिलो पानी आउँदा उपभोक्तालाई दूषित पानीले झाडापखाला, हैजा, टाइफाइड र पोलियो जस्ता रोग लाग्ने, दूषित पिउने पानीकै कारण बर्षेनी हजारौ मानिसको मृत्यु हुने गरेकोले स्वस्थ्य रहन स्वच्छ पानी पिउन र वर्षा याममा बिशेषगरी पानीजन्य रोगले स्वास्थ्य समस्या देखिन भएकाले उमालेर मात्र खानेपानी पिउन स्वास्थ्यकर्मीको सुझाव छ ।

त्यहाँ पानीका दुई मुख्य स्रोतहरू मध्ये एक सतह पानी र जमिन भित्रको पानी जसमा सतह पानी ताल, नदी र जलाशयहरूमा भेटिन्छ । भूगर्भीय जमिनको सतह मुनि रहेको छ, जहाँ जमिनको पानी भण्डार र प्रसारण गर्न चट्टानहरुको भूमिका रहन्छ । पानी प्रदूषण तब हुन्छ, जब विषाक्त पदार्थहरू ताल, नदीहरू, समुन्द्र र यस्तै अन्य पानीमा स्रोतहरुमा प्रवेश गर्छन् र पानी प्रदुषित हुन्छ । बागलुङमा पानी प्रदुषण रहेको गुनासो बढेकाले बिगतमा खानेपानीलाई शुद्ध बनाई वितरण गर्न उच्च अदालत पोखरा बागलुङ इजलासले मिति २०७५ भदौ १८ गते नगर खानेपानी उपभोक्ता संस्थाको नाममा परमादेश जारी गरेकोमा अहिले सम्म पनि अदालतले गरेको परमादेशको पूर्ण पालना भएको देखिदैन । शुद्ध खानेपानी पाउनुपर्ने नागरिकको अधिकार भएता पनि बागलुङ बजारबासीको शुद्ध पानी प्रयोग गर्ने अपेक्षा सपना बन्दै आएको गुनासो छ ।

अहिले यो कोरोना कहरमा पनि डराइ डराइ दैनिकजसो गाग्री, ग्गालिन, बोटल र अन्य भाँडाकुडा बोकेर तित्याङको फड्केडाँडा, गैडाकोट, उपल्लाचौर, हाँडेपाखा लगायतको क्षेत्रमा बजारका स्थानीय खानेपानी ल्याउनका लागि विहान बेलुका भीडभाड गर्दै हिँडेका स्थानीय बागलुङ बजारमा जताततै देखिनुले यो समस्या बढ्दै गएको देखिन्छ । प्रशस्त पानी नआउने र धमिलो पानी आउने समस्या टार्न बजारवासी जारको पानी खरिद गरेर पिउने, टयांकरमा मगाएर काम चलाउने गर्दे आएको भएता पनि बढी मागका कारण त्यो पनि बेला–बेलामा अभाव हुने गरेको छ । कमजोर आर्थिक अवस्था भएका नागरिकलाई भने यसले थप समस्या सृजना गराएको छ । यस्तै पानी बितरणमा पनि समस्या छ उच्च भूभागमा कतै पानी मोटर लगाएर पनि पानी नआउने गरेको छ भने ओरालो भूभागमा कतै पानी प्रसस्त आउनुले यो समस्या देखिन्छ । उता पानी नआए पनि, धमिलो पानी आए पनि बिल तिर्न बाध्य भने सस्थाले गराइरहन्छ ।

त्यसो त बागलुङ नगर खानेपानीले वितरण गर्दै आएको खानेपानी वर्षा हुँदा साथ फोहोर आउने गरेकोले सफा पानीका लागि पानी लिन जाने संख्या पनि कम छैन । एकातर्फ प्रशस्त पानी नआउनु आए पनि धमिलो र पानीमा कोलिफर्मको मात्रा देखिदाँ बागलुङ बजारमा आएको पानी पिउन कम प्रयोग गर्न थालिएको छ । हिउँदमा आवश्यकता भन्दा थोरै र बर्खामा धमिलो पानी आउने, पहिरोका कारण खानेपानी अबरुद्ध हुँदा उपभोक्ताहरु बर्षेनी समस्या झेल्दै आएका छन् । नगरको खानेपानीमा स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा पटक–पटक कोलिफर्म भेटिनुले पनि बजारबासी त्रसित हुने गरेका छन् । खुला ट्यांकीका कारण फोहोर पानी आउनुका साथै आकाशबाट पानी पर्दा साथ धारामा सोझै धमिलो पानी आउने गरेको छ । हिउँदमा खानेपानी थोरै आउँदा समस्या भएर पानी लिन जाने उपभोतmा बर्खामा खानेपानी नआएर, आएपनि खोलाको भल जस्तै आउनाले, त्यस्तो पानी प्रयोग गर्ने स्वास्थ्यको दृष्टीले ठीक नभएकोले, घण्टौ समय खर्चेर, हिँडेर र बोकेर पानीको गर्जो टार्ने काम गर्नु विवशता र दैनिकी बनेको छ । विगतमा यस संस्थाको बारेमा विविध समस्यालाई लिएर सामाजिक सञ्जालमा गुनासो आउने, मुद्घा हाल्ने, आदेश दिने, न्यूज २४ को सिधाकुरा जनतासँग कार्यक्रमका सञ्चालक रबि लामिछाने आएर अबलोकन गरेर सुधारकालागि सुझाव दिएको यर्थाथता पनि हामी माझ छिपेको छैन, यद्यपि आजसम्म पनि अपेक्षित उपलव्धि हात पर्न सकेको छैन ।

त्यता बागलुङ बजारमा खानेपानी वितरणको जिम्मा लिएको बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाको मेहनतको कथा र व्यथा उस्तै छ । खानेपानीको मुहान रहेको काठेखोला गाउँपालिका भौगोलिक रुपमा जटिल हुनु, भूदी खोला र रिठेखोलाको पानी ल्याउन बिग्रे पछि मर्मत कार्य गर्न समय लाग्ने, नगरपालिका आउने पाइप लाइन उपर्युक्त स्थानबाट नल्याउनु, बर्खा लाग्दा साथ पहिरोले ठाउँ ठाउँमा पाइप बगाउनु, खानेपानी बितरणमा समस्या हुनु, उपभोक्तmा बढदै जानु, शुद्धिकरण गर्ने प्लान्ट बिग्रेनुले समस्या आएको छ । यो बर्षमात्र पिउनको लागि बागलुङ बजारमा ल्याईएको पाईपलाई व्यवस्थित गर्ने काम थालिएको भन्दै सस्थाले दर्जनौ पटक सुचना गरेको छ । गत बर्ष २३ नम्बर सैनिक अड्डा सेराडिल व्यारेक बागलुङबाट नेपाली सेनाको सहयोगमा ढुङगा जम्मा गरेर ग्याविन लगाउने काम देखि पटक–पटक अप्ठारो पर्दा सहयोग गरेको छ । यस्तै खानेपानी संस्थाका कार्य समिति, कार्यालयका कर्मचारीको संयुक्त सहयोगमा मर्मत कार्य भएकोमा पहिरोले पानीको पाईप बगाउँदा बजार क्षेत्र भित्र प्रयाप्त पिउने पानी उपलब्ध गराउन समस्या हुने गरेको छ । बागलुङ बजार क्षेत्र भित्र रेश खोला मुहान र भुदी खोला मुहानबाट ल्याईएको पिउने पानीको पाईप हरेक बर्ष अविरल बर्षाको कारण बागलुङ नगरपालिका वडा नं.३ स्थित बोक्से, दोविल्ला, जिरेदी, मुहान क्षेत्र लगाएका बिभिन्न स्थानमा पहिरोले वगाउने र तत्कालको वैकल्पिक स्रोत प्रयोग गरी पानी ल्याउन कठिन हुँदा पानीको अभाव हुने गरेको छ । बर्षायाममा राम्रोसग उमालेर र शुद्ध गरि प्रयोग गर्नुहुन सम्पुर्ण उपभोक्ताहरुलाई हार्दिक अनुरोध गदै र पानी नियमित नभएकोमा उपभोक्ता महानुभावलाई पर्न गएको असुबिधा प्रति क्षमा माग्ने गरेको संस्थाले अब उपभोतmाको माग पुरा गर्न अबिलम्व दीघकालीन योजना तय गर्न अत्यन्त जरुरी देखिन्छ ।

बागलुङ बजारमा अहिले दैनिक रिठेखोला मुहानबाट ३.५ लिटर प्रति सेकेन्ड, रेशखोला मुहानबाट १७ लिटर प्रति सेकेन्ड र भुदीखोला मुहानबाट २० लिटर प्रति सेकेन्ड पानी आउने गरेको छ । बागलुङ बजारमा माग अनुसारको आपुर्ति हुन सकेको छैन । अहिले प्रतिसेकेण्ड ६० लिटर खानेपानी माग छ भने आपूर्ती भने प्रति सेकेण्ड करिव ४० लिटर रहेको पानीको अभाव रहेको खानेपानी तथा उपभोक्ता संस्थाको भनाइ छ । हाल डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सह–लगानीमा ४५ करोड रुपैयाँको काठेखोलाको पानी लिफ्टमार्फत प्रशोधन गरी वितरण गर्ने गरी आयोजनाको काम अगाडि बढेको पनि तीन बर्ष नागिसकेको छ । नगरवासीलाई प्रयाप्त शुद्ध खानेपानी खुवाउने उद्देश्यले बागलुङ नगरपालिका र खानेपानी तथा ढल निकास विभागको समन्वयमा काठेखोलाको पानी लिफ्ट मार्फत शुद्धिकरण गरेर बितरण गर्ने योजना तीन वर्षदेखि निर्माणधीन रहेतापनि डिजाईन, भौगोलिक जटिलताका कारण निर्माणमा ढिला भइरहेको भएपनि यो जिल्लाकै ठूलो लिफ्ट आयोजनाको निर्माणको कार्य सम्पन्न भएपछि उपभोक्ताको धारामा २४ सै घण्टा खानेपानी आउने र बागलुङ नगरपालिकामा खानेपानीको दीर्घकालीन समाधान हुनेमा बागलुङ नगरपालिका ढुक्क छ ।

पानी जीवनको भर हो, आधार हो । स्वच्छ पानी बिना मानिसको अस्तित्व सम्भब छैन र पानीको विकल्प पनि छैन । जीवनका लागि अति आवश्यक पानी आपुर्ति हुनु जीवन र विकासको लागि अति आवश्यक र महत्वपूर्ण भएकाले यहाँ रहेका पानीका स्रोतहरु पूर्व कालिगण्डकी, पश्चिम काठेखोला बाह्रै महिना कलकल बगिरहे पनि बत्ति मुनिको अध्यारो बागलुङ बजार कहिलेसम्म काकाकुल हुने र स्वच्छ पिउने पानीको अभावमा कहिलेसम्म तड्पिरहने ? कालीगण्डकीको पानी तानेर प्रशोधन गर्न र पानीको आपुर्ति पुरा गर्ने सपना योजना कहिले साकार बनाउने ? यो बिषयमा सरकार र सरोकारवाला निकायको थप गम्भीरता जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *