बागलुङमा ५१ हजार नागरिकलाई भ्याक्सिन

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ
कोरोना भाइरस बिरुद्वको खोप बागलुङका ५१ हजार नागरिकलाई लगाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको अहिले सम्मको एक मात्र विकल्प ठानिएको कोरोना भ्याक्सिन (खोप) बागलुङका ५१ हजार नागरिकले लगाएका छन् ।

पछिल्लो समय खोपको आयात बढे सँगै चरणबद्ध रुपमा खोप लगाउने कार्य तीव्र बनाइएको छ । जिल्लामा ६० हजार डोज कोभिड–१९ विरुद्धको खोप भित्रिइसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । जसमध्ये ५१ हजार ४ सय ८७ जना नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार, कोभिड सिल्ड खोप दुई डोजनै लगाएका १८ हजार ९ सय ८७ रहेका छन् भने पहिलो मात्रै लगाएका १४ हजार ५ सय ४० जनालाई दोस्रो डोज खोप लगाउन बाँकी छ ।

जिल्लामा पूर्ण खोप लगाउने नागरिक भने ३३ हजार २ सय ७७ छन् । पछिल्लो समय आएको अमेरिकन खोप जोन्सन एण्ड जोन्सन एक डोज लगाएकालाई पूर्ण खोप मान्दै आएको छ ।

नेपालमै पहिलो पटक भित्रिएको यस कोभिड शिल्ड खोप पछिल्लो समय आयात नुहँदा ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई दोस्रो डोज लगाउन बाँकी छ । उक्त खोप केही मात्रमा भित्रिने र एस्टाजेनेका खोपलाई दोस्रो डोजको रुपमा लगाउने तयारी रहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।

“शुरुमै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई दुई डोजनै कोभिड शिल्ड लगाइए पनि ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप नआउँदा दोस्रो डोज लगाउनै बाँकी छ” अहिले केही मात्रमा कोभिड शिल्ड खोप खायात गर्ने र नपुगेकालाई सोही फर्मूलाबाट बनेको स्टाजेनेका खोप लगाउने तयारी छ, असोज महिना सम्म सबै नागरिकलाई खोप लगाउने गरि तयारी थालिएको स्वास्थ्य मन्त्रालयबाट जानकारी आएको छ ।”

जिल्लामा खोप केन्द्र व्यवस्थित नभएको र लक्षित बर्ग भन्दा बाहिरकालाई समेत खोप लगाइएको गुनासोमा कार्यालय प्रमुख गुरौंले असोज भित्र सबैलाई खोप लगाउने भएकाले अबदेखि उमेर समूहका आधारमा खोप लगाउने तयारी गरिएको बताउनुभयो । अहिले लक्षित वर्ग भन्दा साथ खोपमा अनावश्यक दबाब, दुरुपयोग र तनाव भएकाले यसमा केही व्यवस्थित विकल्पमा लागिएको उहाँको भनाई छ ।

६५ वर्ष माथिका १४ हजार ५ सय ४० जना कोभिड शिल्ड खोप लगाएकालाई सोही खोप आउन ढिला गरेकाले अब अर्को खोप दोस्रो डोजको रुपमा लगाइनेछ । सबैलाई खोप लगाइने भएकाले खोप केन्द्रमा अनावश्यक भीडभाड नगर्न नागरिकलाई स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

खोप सुपरभाइजर खत्रीका अनुसार जिल्लामा भेरोसेल खोपको पहिलो डोज २२ हजार २ जनालाई लगाइएको र दोस्रो डोज भने १८ हजार १२ जनालाई लगाउन बाँकी छ । यस्तै, १२ हजार ६० डोज जोनसेन एण्ड जोनसेन खोप आएकोमा १० हजार ३ सय नागरिकलाई लगाइएको छ ।

बागलुङमा १८ वर्ष माथीका १ लाख १ सय ८१ जनालाई खोप लगाउनु पर्ने तथ्याङ्क संकलन गरिएको छ । वि.सं. २०६८ सालको जनगणना अनुसार यस जिल्लाको जनसंख्या पुरुष १ लाख १७ हजार ९९७ र महिला १ लाख ५० हजार ६१६ गरी कुल २ लाख ६८ हजार ६१३ छ । यो १० वर्षको बिचमा यो संख्यामा उल्लेख्य बदलाव आएको छ । र ठूलो संख्यामा विदेशमा युवा जनशक्ति छन् ।

आगामी दिनमा ४० वर्ष देखि माथिका सबैलाई अथवा १८ वर्ष देखि माथिका सबैलाई खोप लगाउने नीति बनाउने सरकारको तयारी छ । जिल्लामा अहिले स्वास्थ्य चौकी, स्वास्थ्य शाखा र स्वास्थ्य केन्द्र गरि ७० वटा खोप केन्द्र छन् ।

स्वास्थ्य कार्यालयले निरन्तरको वर्षात्का कारण विभिन्न स्थानमा सडक अबरुद्ध हुँदा समेत सबै खोप केन्द्रमा खोप पु¥याउँदै आएको छ । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंका अनुसार तापक्रम मिलाउनु पर्ने भएकाले खोप सप्लाई गर्र्ने काम समेत निकै चुनौतिपूर्ण रहेको बताउनुभयो ।

स्वास्थ्य कर्यालय सहित गलकोट, बडिगाड, बुर्तिबाङ र बरेङमा तापक्रम व्यवस्थापन गर्ने औजार व्यवस्थापन गरेकाले केही सहज भएको छ । “तापक्रम व्यवस्थापनका लागि जिल्ला सदरमुकाम बाहेक पाँच स्थानमा रेफ्रिजेनेटर राखिएको छ, त्यस स्थानबाट खोप केन्द्रमा बोकेर समेत खोप पु¥याउँदै आएका छौं” गुरौंले भन्नुभयो “सवारी साधन बन्द भएको स्थानमा तीन/चार दिन अगावै खोप पठाएर सुरक्षित भण्डारण गरिदै आएका कारण हालसम्म समस्या परेको छैन ।’’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *