बर्खामा नदिजन्य पदार्थ उत्खनन् रोक्ने जिसस बागलुङको निर्णय

आदर्श अनलाइन, बागलुङ

वर्खाको समयमा समेत नदीजन्य पदार्थ उत्खनन भएको जन गुनासो बढे पछि जिल्ला समन्वय समिति बागलुङले बर्खायाममा उत्खननमा पूर्ण बन्देज लगाउने निर्णय गरेको छ ।

जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले असार १ गतेदेखि भदौ १५ सम्म नदीबाट ढुङ्गा गिटी बालुवा उत्खनन् गर्ने, क्रसिङ गर्न नपाईने व्यवस्था भए पनि गैरकानुनी उत्खनन् गर्ने कार्य अहिले पनि जारी रहेकाले त्यसलाई रोक्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशबाट जारी भएको ढुङ्गा गिटी, बालुवा उत्खनन् संकलन, क्रसिङ र विक्री वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थीत गर्न बनेको कार्यविधि २०७५ को दफा ६९५० मा ढुङ्गा गिटी बालुवा माटो चट्टान उत्खनन् तथा संकलन कार्य असार १ गतेदेखि भाद्र १५ सम्म गर्न पाईने छैन भन्ने व्यवस्था छ । बागलुङमा जिल्लाका विभिन्न पालिकामा सो अवधिमा ढुङ्गा गिटी, बालुवाको उत्खनन् र संकलन गरेको जनगुनासो आएको र अनुगमनमा क्रममा केही स्थानमा उत्खनन् र संकलन गरिररहेको देखिएकाले गैरकानुनी रुपमा ऐन, नियम, कानुन, मापदण्ड कार्यविधि व्यवस्था विपरित ढुङ्गा गिटी बालुवाको उत्खन्नन विक्री वितरण कार्यमा तत्काल रोक लगाई ऐन नियम कानुन मापदण्ड र कार्यविधि बमोजिम प्रक्रिया पूरा गरी उक्त कार्य गर्न गराउन सबै पालिका तथा सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले बताउनुभयो ।

कोभिडको समयमा जिल्ला बिभिन्न व्यक्ति संस्थाबाट आएको सहयोगको कुनै तथ्याङ्क नभेटिएको र त्यसको वितरणको अवस्था बारेमा एकद्वार प्रणालीबाट सार्वजनिक गर्न समेत अनुरोध गरेको छ ।

पछिल्लो समय ढुङ्गा गिटी र बालुवा निकाल्नका लागि वातावरणीय प्रभाव मुल्याङ्कन पास गर्ने अधिकार पनि स्थानीय तहलाई दिएका कारण आफ्नो अनुकुलतामा आईई गरेको भेटिएकाले यो विषयलाई समन्वय समितिले विशेष ध्यानाकर्षण गराउने निर्णय गरेको ढुङ्गानाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *