धारा माविलाई स्वास्थ्य सामग्री हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ

जिल्लाको धारा माध्यमिक विद्यालयवाट २०६८ सालको एसएलसी सातौं ब्याजका विद्यार्थीहरुको सहयोगमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम गर्नका लागि आइतवार एक कार्यक्रम सहित १ लाख ३० हजार बराबरको स्वास्थ्य सामग्री विद्यालयलाई हस्तान्तरण गरेका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर थापाले विद्यालयका पूर्व विद्यार्थीहरुले विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभिभावकिय भूमिका निर्वाह गरेको बताउनुभयो । पूर्वविद्यार्थीले विद्यालय प्रति देखाएको सहयोगले सम्पूर्ण पूर्वविद्यार्थीहरुको सहयोग र सदभावको अगुवाई गर्दै सबै पुर्व बिधार्थीहरुलाई बिधालय संग जोडिन आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमला थापा ,पूर्व अध्यक्ष तथा सल्लाहाकार तिलक थापा, आर्थिक समितिका संयोजक थिर बहादुर राना, शिक्षक भिम बहादुर वि.क, बालकल्बका उपाध्यक्ष कविता थापा , पूर्व विद्यार्थीहरु सूर्य विश्वकर्मा,ओमकार थापा,साजन सुनारले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम पूर्वविद्यार्थी हरि बहादुर थापाको अध्यक्षता स्वागत मन्तव्य पूर्वविद्यार्थी दिपिसा पुन र पूर्वविद्यार्थी बेलमति थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *