रोटरी र रोट्रयाक्टको पदस्थापन

आदर्श अनलाइन, बागलुङ
सामाजिक कार्य र क्षमता अभिबृद्धिमा सक्रिय रोटरी क्लव अफ बागलुङको १६ औ र रोट्रयाक्ट क्लव अफ बागलुङको ११ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

रोटरी र रोट्रयाक्ट क्लव अफ बागलुङको बर्ष २०२१/२२ का अध्यक्षलाई बर्ष २०२०/२१ का अध्यक्षले पदस्थापन गराउनु भएको हो । रोटरी क्लव बर्ष २०२०/२१ का अध्यक्ष दयाराम शर्मा पौडेलले बर्ष २०२१÷२२ का अध्यक्ष संजय कुमार श्रेष्ठ र रोट्रयाक्टका अध्यक्ष ताराप्रसाद शर्माले शिवबहादुर केसीलाई पदस्थापन गराउनु भएको हो ।

पदस्थापन कार्यक्रममा रोटरी क्लव बर्ष २०२०/२१ का अध्यक्ष दयाराम शर्मा पौडेलले एक बर्षको अवधिमा गरिएका कामको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै आफ्नो नेतृत्वको टिमलाई मायाको चिनो प्रदान गर्नु भएको थियो भने रोट्रयाक्ट क्लव बर्ष २०२०/२१ का अध्यक्ष तारा प्रसाद शर्माले एक बर्षको अवधिमा गरिएका कामको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै आफ्नो नेतृत्वको टिमलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

यसैगरी रोटरी बर्ष २०२१/२२ का लागि नवनिर्वाचित अध्यक्ष संजय कुमार श्रेष्ठले आगामी एक बर्षको लागि आफुले गर्ने कामको जानकारी सहित आफ्नो टिमको घोषणा गर्नु भएको थियो । रोट्रयाक्टका अध्यक्ष शिवबहादुर केसीले आफुले गर्ने कामको जानकारी सहित टिमको घोषणा गर्नु भएको थियो ।

रोटरीको नयाँ निर्वाचित कार्यसमितिलाई पूर्व अध्यक्ष लक्ष्मी जिसी कार्की र रोट्रयाक्टको समितिलाई क्लवको जोन १७ का जेडआरआर प्रदिप उपाध्याय पहारीले सपथ खुवाउनु भएको थियो । कार्यक्रममा रोटरी क्लव अफ पर्वतका अध्यक्ष उत्तम अधिकारी र इन्ट्रयाक्ट न्यु ओइसीसका अध्यक्ष कृपा थापाले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *