सरोजराज पन्त
कोभिड–१९ ले विश्वलाई गत वर्षदेखि आक्रान्त पारिरहेको छ । कोरोना महामारीले सबै क्षेत्रमा असर पारिरहेको छ । यसले शिक्षा क्षेत्रमा भोलिका कर्णधारहरुलाई अति प्रभाव पारेको छ । विद्यार्थी भाइबहिनीहरुको दुई शैक्षिक सत्रलाई बेस्सरी प्रभाव पारेको कोभिडले बैकल्पिक शिक्षण सिकाइतर्फ लाग्न थप दबाब परेको छ । शिक्षा क्षेत्र भिडभाड, जमघट र अन्तरक्रियाको स्थल भएकाले प्रत्यक्ष सिकाइबाट शिक्षालय कोभिड हब बन्ने खतरा दिनुहुन्न भन्ने विश्वव्यापी कार्यसूची बनेकोले नेपालमा पनि यसलाई अबलम्वन गरियो । यसले सिक्ने, सिकाउने र परीक्षा लिने परम्परागत तरिका, नीति, विधि, प्रविधि तथा अभ्यासलाई पुर्नबोध गर्नु पर्ने बनाएको छ । शिक्षा दिनु र लिनु छ, सिक्न र सिकाउनु छ, अमूल्य समय खेर जान नदिन वैकल्पिक शिक्षा आजको अपरिहार्य आवश्यकता भएको छ । अहिले जीवन पहिलो हो र त्यसपछि मात्र शिक्षा हो भन्ने कुरा रतिभर भुल्नु हँुदैन ।
कोरोना महामारीले विश्वविद्यालय, विद्यालय शिक्षा, कक्षा कोठा, सिकाइ विधि, परीक्षा प्रणालीमा समयानुकुल परिवर्तन अनिवार्य भएको छ । शिक्षाको परिभाषा, शिक्षण विधि, प्रक्रिया, शिक्षण सामग्री आदिमा आमूल परिवर्तन गर्न आवश्यक छ । अब शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापकहरुको भूमिकामा परिवर्तित परिवेश अनुसारको हुनु पर्ने दबाब कोरोनाले सृजना गरिदिएको छ । विश्वविद्यालय, विद्यालयको शिक्षण सिकाइ स्थल अब कक्षा कोठामा सिमित नभइ विस्तारित खुला प्लेटफर्म तर्फ केन्द्रित बन्न पुगेको छ । शिक्षण सिकाइ विधि र परम्परागत कक्षाकोठामा रहेको सिमित घेराबाट वैकल्पिक प्रविधियुतm खुला समुदायसम्म विस्तार हुनु पर्ने अनिवार्य माग भएको छ । शिक्षण तथा परीक्षणका निरन्तर स्वचालित विधिहरु अबलम्बन गरी सीपमुलक स्वमूल्याङ्कनसम्म पु¥याउनु पर्ने युगीन माग कोरोनाले थपिदिएको छ ।
विश्वव्यापीकरणको कारण सूचना सञ्चार प्रविधिको निरन्तर प्रयोगले विष्फोटन गरेको शिक्षा र भाषिक सांस्कृतिक आवद्धीकरणका कारण परम्परागत शैक्षिक क्रियाकलापका पर्खालहरू भत्किँदै गएकोमा कोरोनाले थप ग्रसित बनाएको छ । कोभिड महामारीले कक्षा कोठामा सीमित शिक्षाको पर्खाल गर्ल्यामगुर्लुम भत्काइ दिएको छ । अहिले गाउँ शहर, महल, झुपडी सबै ठाउँमा कतै खुसीले त कतै जबर्जस्त रूपमा क्रृण काडेर भएपनि प्रविधिलाई पछाउन बाध्य बनाएको छ । शिक्षक बिधार्थीहरु घर घरमा मोवाइल, ल्यापटप, ट्यावको माध्यमबाट स्क्रिन टच गरेर कक्षा कोठा चलाइ राख्न बाध्य बनेका छन् । सिकाउने शिक्षकहरूले आफुलाई परम्परागत सूचिबाट बाहिर निकालेर बहु रुपमा विस्तार बनाउन र समयानुकुल अनुकुलन हुन खेदिरहेको छ । यसले ‘टिचर सुड वी स्टडियस’ भन्ने भनाइलाई व्यवहारमा उतार्न जबर्जस्त परिवर्तन गर र अनुकूलन क्षमता बढाउँ अन्यथा तिम्रो खैरियत छैन भन्ने माग र चुनौती दिएको छ । मानवशास्त्री जुलीयन स्ट्रेवार्डको एडप्टीप सिग्नेफिकेन्सलाई आत्मसाथ गरी अगाडि बढ्न जरुरी छ ।
शिक्षण सिकाइ प्रक्रियाका प्रधान जैविक पात्रहरु विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापक तथा अजैविक विश्वबिधालय, बिधालय, कक्षाकोठा, फर्निचर आदि मार्फत हुने उल्लिखित प्रक्रियाहरु अहिले प्रविधिसँग निरन्तर अनुकूलनमा जानुपर्ने विवशता सृजना गराएको छ । अब परम्परागत रुपमा कक्षा कोठामा सम्भाषण गर्ने शिक्षकहरु प्रविधिमैत्री बहुसीपयुक्त हुनै पर्ने बनाएको छ । अब डिजिटलमैत्री नभई नहुने अबस्था भएको छ । विद्यालय र शिक्षकको भरमा मात्र होइन, परिवारका सदस्यहरु पनि वैकल्पिक शिक्षक हुनुपर्ने, व्यवस्थापकहरू परम्परागत प्रशासनबाट वास्तविक दुरदर्शी व्यवस्थापक हुनु पर्ने भएको छ । अहिले यदाकदा सुन्ने गरिन्छ, अब हाजिर ग¥यो जागिर पाको, राजनीति ग¥यो हिँड्यो भन्ने परम्परागत सीमित घेराबाट बाहिर ननिस्की नहुने बनाइ दिएको छ । स्थानीय सरकार, सरकारका मन्त्रीहरू ढिला नगरी देशका खम्बाको भविष्यका लागि वर्तमान विपद् प्रति संवेदनशील हुनुपर्ने सन्देश दिएको छ । अहिले सत्ता र अमूर्त राजनीतिको कुरा गर्ने नभइ राज्यको भूमिका बोध गरी सही दिशाबोध गर्न वास्तविक नीतिवोधी बन्नु पर्ने पाठ कोरोनाले सिकाएको छ । हिजोको शिक्षा, आजको इच्छा र भोलिको प्रतिक्षाका लागि ढिला गर्न नहुने खबरदारी गरेको छ ।
अबको शिक्षालाई परम्परागत पर्खालबाट बाहिर निकाली ज्ञानलाई सीपसँग, सीपलाई श्रम र उत्पादनसँग, उत्पादनलाई समृद्धिसँग र समृद्धिलाई आत्म सन्तुष्टिसँग जोड्न र समयानुकुल अनुकुलन हुन दबाब दिएको छ । अहिलेको शिक्षाले यही गुणलाई आत्मसाथ गर्न नसकेको कारण आज शिक्षित बेरोजगारसँगै गरिबी बढेको छ र शिक्षाले अपेक्षित रुपमा काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । शिक्षा केवल कोर्रा ज्ञान हासिल गर्ने र प्रमाण्पत्र जम्मा गर्ने माध्यम त कतै कमाई खाने भाँडो मात्र बनेकोले शिक्षा प्रति नयाँ पुस्ताको नकारात्मक धारणा बढेको देखिन्छ । पढेर के काम विदेश नगइ रोजी रोटी पाउन मुस्किल छ भन्ने धारणा विकास हुनुले आज देशमा पढेका मानिसहरुको जीविकोपार्जन कठिन भएको उनीहरूको बुझाइ छ । यसैगरी राज्यले प्राध्यापक, शिक्षकलाई हेर्ने दृष्टिकोण र व्यवहारको कारणले नेपालमा समस्या आएको छ ।
हाम्रो परम्परागत सिकाइ विधि प्रत्यक्ष सम्पर्क वा फेस–टु–फेस तरिकाले शिक्षकहरुले भाषण गर्ने, विद्यार्थीहरुले सुन्ने, गृहकार्य–कक्षा कार्य गर्ने÷गराउने र प्रत्यक्ष परीक्षा लिएर मूल्याङ्कन गर्ने पद्घति अबलम्वन गरिँदै आएको छ । नेपालमा यो सनातनी र सजिलो विधिमा सबै शिक्षक, विद्यार्थीहरु अभ्यस्त हुँदै आएका छन् । शिक्षण सिकाइ क्रममा मनोभाव, शारीरिक भावभङ्गी बुझ्न र शाब्दिक पृष्ठपोषण गर्नकालागि फेस–टु–फेस विधि जीवन्त मानिएकोले कोरोना महामारीमा फेस–टु–फेस विधि अपनाउन नसक्दा शैक्षिक क्षेत्रमा थप समस्या र चुनौतिहरु छन् । कारोना कहरमा व्यवहारवादी शिक्षाविद् पाउलो फ्रेइरेको टिचिङ पेडागोजीको सान्दर्भिकता बढेको छ उनको सिक्ने –सिकाउने, बुझ्ने–बुझाउने विधिहरू व्यावहारिक बनाउने क्रममा समय, चेतना स्तर र परिवेशसँग अनुकूलित हुँदै, गदै लैजानु पर्दछ । अहिलेको माग अनुरुप शिक्षण सिकाइलाई समयानुकुल र परिवेश अनुरुपको चेतना सृजनागरी अगाडि बढनुको विकल्प छैन । अहिले एकातर्फ विद्यार्थी भाइबहिनीहरुको पढ्न पाउने हक उपयोग गर्नु परेको छ भने अर्कोतर्फ महामारीको संक्रमणबाट उनीहरुलाई सुरक्षित राख्नु र शैक्षिक सत्र क्षति हुन नदिन वैकल्पिक सिकाइ क्रियाकलाप सञ्चालन गर्नु छ । कोरोना महामारीको वर्तमान अवस्थामा बिधार्थीको तह, उमेर र स्तर अनुसार छुट्टाछुट्टै सिकाइ विधिको जबर्जस्त माग गरेको छ । माध्यमिक तह र उच्च शिक्षाकालागि फेस–टु–फेस, दूर विधि अबलम्वन गर्न सहज हुने भएतापनि आधुनिक प्रविधिको दुरुपयोग हुन नदिन उनीहरूलाई सिकाइ प्रक्रियामा अभ्यस्त र सक्रिय राखेर कुलतमा फस्न नदिन घरपरिवारको विशेष ध्यान जान जरुरी छ । साना वालवालिकाका लागि लाइभ अनलाइन कोर्ष, वेब पोर्टल लगायतका डिजिटल प्रविधिले आँखा लगायतका समस्या सृजना गर्ने सावधानीका साथ अफलाइन सिकाइका विधिहरू उपयोग गर्दा उपर्युतm हुने भएकाले सोही अनुसार आवश्यक प्रणालीको विकास गरी सहजीकरण गर्नु पर्ने देखिन्छ ।
शिक्षक, अभिभावक, शैक्षिक व्यवस्थापक, नीति निर्माता र विद्यार्थी भाइबहिनीहरूलाई कोरोनाले सिकाइ विधि (टिचिङ पेडागोगी) बदल्न दबाब दिएको भए पनि बालबालिकालाई बिद्यालय पठाउन अभ्यस्त भएको व्यतिm र परिवार अहिले घरमा राखेर पढाउने सिकाउने विधि र रमाउने बानी पार्न जटिल छ । अहिले शिक्षकको परिभाषा बदलिदिएको छ, कक्षा कोठाको परिभाषा फेरिएको छ । सिकाइ क्रियाकलापमा बाल विकासमा अध्ययन गर्ने देखि अपाङ्गता भएका भाइबहिनीहरुलाई शैक्षिक विज्ञहरु, सामाजिक–मनोचिकित्सकहरुको परामर्श, मनोवैज्ञानिकहरुको खोज अनुसन्धान र सहयोग आवश्यक छ । यसैगरी यी समस्या र सवालहरूको समाधानका लागि अनलाइन दूर शिक्षालाई वैकल्पिक विधिको अवलम्बन गर्नु र यसका लागि प्राविधिक सुविधा, डिजिटल पूर्वाधार, शिक्षक तयारी र क्षमता विकाससहितको योजना तथा अभिमुखीकरण कार्यक्रम यसको अनुकूलन, विकास, कार्यशाला अभ्यास गरी गहन रुपमा उपलव्धि हासिल गर्न जरुरी छ । यस्तै परम्परागत परीक्षा विधिमा सुधार गरी प्रभावकारी परीक्षणकार्य गर्न आवश्यक छ ।
अहिले मोबाइल, ल्यापटप, ट्याब्लेट, कम्प्युटर, आइफोन आदिमा इमेल, इन्टरनेट, फेसबुक, ट्विटर, म्यासेञ्जर, गुगल, ब्लुटुथ, सेरइट लगायतका विविध सूचना तथा सञ्चारका साधनहरुले आज विश्व र समाजलाई हेर्ने र नियाल्न सहज बनेको छ । ती मध्ये माइक्रो सप्mट टीम, जुम लेक्चर बुक, ई–बुक, लर्निङ् पोर्टल, भिडियो युट्युब, ड्रिल सफटवेयर, कन्स्ट्रक्सन, रोबोट, डिजिटल अन्तरक्रिया, गेम्स, ह्वाट्स याप, ब्लग, लगबुक र एसेसमेन्ट टुल्स आदिको माध्यमबाट वैकल्पिक सिकाइ तथा नवीन प्रविधिको प्रयोग भएका छन् । यद्यपि यसले आर्थिक चुनौति थपिदिएको छ । आर्थिक क्षमता कम भएका परिवारमा प्रविधि व्यवस्थापन, पूर्वाधार विकास र सिकाइ जटिल बनेको छ । तर तिनीहरुको बाध्य भएर उपयोग गर्नु पर्दाका जटिलताहरुले अनेकौ सामाजिक, आर्थिक समस्याहरु निम्तिएका छन । कसैले यसको अवसर पाएपनि तिनीहरुको सही उपयोग नगर्दा पनि समस्याहरु आएका छन ।
कोरोना भाइरस कोभिड १९ कारण बिद्यालय भौतिक रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न सक्ने अबस्था नभएकोले नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्रलगायतको प्रयास शिक्षामा सबै शिक्षकले सूचना प्रविधिको प्रयोग गरेमा शिक्षण सिकाईमा जोड दिएको छ र सोहीबमोजिम विभिन्न विद्यालयमा इ—कक्षाहरु सञ्चालन भैरहेका छन् ।
‘मैले सुनें भुलें, मैले देखें सम्झें र मैले गरें बुझें ’ गर्दै सिक्दै, गल्तीबाट सिक्दै गर्नमा मद्दत पु¥याएको भएपनि घरमा बस्दा विद्यार्थीहरु÷युवायुवतीहरु सञ्चारका साधनहरुमा झुम्मिएर आँखा बिगारिरहेका पनि छन् । कतिपय अभिभावकहरु मोबाइल, कम्प्युटरलगायतका साधनको प्रयोगले आफ्ना नानी बाबु चलाख भएको, पढाइमा सुधार भएको बताउँछन् र उनीहरुको ती सामग्रीहरु प्रति सकारात्मक धारणा रहेको पाइन्छ । तर जसका नानीबाबु कमजोर छन्, ती पढाइमा भन्दा अन्य कुराको खोजीमा व्यस्त रहने गरेका छन् । उनीहरुको ध्यान ती साधन पाउनेबित्तिकै सानो उमेरका बालबालिकाको कार्टुन, गेममा जाने गरेको छ । त्यसै उमेरले भर्खर जिज्ञासु बनाएको टिन एजमा युवायुवतीहरुको ध्यान खेलमा र मनोरञ्जनात्मक गेमसँगै यौन जन्य भिडियो हेर्ने गरेको विभिन्न अध्ययनले प्रष्ट्याएका छन् । घरभित्र बसेर पढेका छन् भन्ने बनाएर मनोरञ्जन कार्यमा संलग्न हुँदा पनि घरबाहिर ननिस्कने, आजकल सरल भएको भान बाबुआमालाई पारेर आफू बिग्रिंदै गएका उदाहरण पनि हामी सामु छन् । युवायुवतीहरुमा पढ्न पर्दछ भन्ने भावनाको विकास नभएसम्म कहिले खेल, संगीत, नाचगान, फिल्म, भिडियो हेर्ने घरमा ल्यापटप, मोबाइल, कम्प्युटर नपाए, साथीसँग जान कापी, कलम, पुस्तक नभएको निहुँ झिकेर घर बाहिर निस्किने, समयमा घर नर्फकिने, साथीसँग भएका त्यस्ता सामग्रीको प्रयोग गर्ने गरेको पाइन्छ । सामाजिक सञ्जालमार्फत बिभन्न अपराधमा १५ वर्षदेखि २५ वर्ष उमेरसमूहको संलग्नता रहेको छ । समय र बगेको खोलाले पर्खिदैन भने झै समय सञ्चय गर्न नसकिने भएकोले बालवालिकाहरुलाई सिकाइविहीन बनाउन नहुने भएकोले सुरक्षित वातावरण, सिकाइ निरन्तरता, सङ्क्रमणबाट सुरक्षित हुँदै सिकाइ प्रक्रियालाई निरन्तरता दिनु अहिलेको प्रमुख चुनौति बनेको छ ।
देशका लागि आवश्यक जनशक्तिको उत्पादनमा विद्यालय शिक्षा देखि उच्च शिक्षाको अह्म भूमिका हुन्छ । सरोकारवालाका सकारात्मक शैक्षिक योजना मार्फत कक्षाकोठामा सामाजिक रूपान्तरण प्रव्रिmयाका प्रमुख संवाहक भनेका शिक्षक हुन् । शैक्षिक रूपमा योग्य, दक्ष , सिपयुक्त, कुशल शिक्षक भएमा शिक्षण सिकाइ प्रभावकारी हुन्छ । शैक्षिक संस्था र निकायहरूलाई आवश्यक प्राविधिक सहयोग र सवलीकरण गरी शिक्षामा सबैको पहुँच बढाउने, शिक्षाको विकास र विस्तार गर्ने तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने, शैक्षिक संस्थाहरूको क्षमता विकास गर्ने, विद्यालय शिक्षाको उपलब्धिलाई सुनिश्चित गर्ने उद्घेश्यले अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई सशक्त बनाउने, सम्बन्धित शैक्षिक संस्था तथा निकायहरूलाई मार्ग निर्देशन गर्ने र विद्ययालय शिक्षाको राष्ट्रिय उद्देश्य हासिल गर्नका लागि नियामक निकायको भूमिका गहनरुपमा हुनु पर्ने देखिन्छ ।