आदर्श सञ्चारद्वारा काठेखोलाको धम्जामा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्य कुल बहादुर विकको परिवारको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाका शेयर सदस्य विकका बुवा हरिलाल विश्वकर्माको गत साउन १३ गते उपचारका क्रममा पोखरामा निधन भएको थियो । विकको निधन भएको पाँचौं दिनको पुण्यतिथि पारेर घरमै सोमबार श्रद्धाञ्जली सभा सहित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको आदर्श सञ्चार सहकारी संस्थाका प्रबन्धक दिपकराज सापकोटाले बताउनुभयो ।

काठेखोला गाँउपालिका वडा नं.–३ धम्जाका वडा समन्वय उपसमितिका संयोजक तथा यस आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका शिक्षा उप–समिति सदस्य शान्ती भण्डारीले शेयर सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप ५ हजार रुपैयाँ स्वर्गीय विकको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

संस्थामा हाल २ हजार ७ सय जना शेयर सदस्य, ५ करोड शेयर पूँजि, ३२ करोड बचत, ३४ करोड कर्जा लगानी र ४५ करोड कुल सम्पत्ती रहेको संस्थाका सचिव ललिता थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *