रेशमा पौडी खेल्ने क्रममा डुबेर २० वर्षीया युवतीको मृत्यु

आदर्श अनलाइन,बागलुङ

जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश काफलबोटमा पौडी खेल्ने क्रममा एक युवतीको ज्यान गएको छ ।

घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो डुबेर २० वर्षीया मनकुमारी कार्कीको मृत्यु भएको स्थानीय विरेन्द्र जिसीले आदर्श अनलाइनलाई जानकारी दिनुभयो । मनकुमारीसँगै पौडी खेल्न गएका बहिनी १४ वर्षीया सिवानी कार्की भने सकुशल रहेको उहाँको भनाई छ ।

खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको सूचना पछि स्थानीय युवाहरुले पौडिएर खोज्ने क्रममा दहको बिच भागमा गाडिएको अवस्थामा फेला परेको जिसीको भनाई छ ।
घटना लगत्तै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । खबर पछि प्रहरी टोली घटनास्थल तर्फ प्रस्थान गरेको छ । मृतक कार्की काठेखोलाकै भिमसेन माविमा कक्षा १२ मा अध्ययनरत थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *