आदर्श सञ्चार सहकारीद्वारा बानपा-३ गुठीमा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्य मानबहादुर खड्काका छोराको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर–३ गुठीका शेयर सदस्य खड्काका छोरा सिजन खड्काको गत साउन १० गते २१ वर्षकै उमेरमा असामयिक निधन भएको थियो ।

खड्काको निधन भएको १० औं दिनको पुण्यतिथि पारेर घरमै मंगलबार श्रद्धाञ्जली सभा सहित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो ।

संस्थाका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’, सल्लाहकार रुद्रबहादुर महत, सञ्चालक शान्ति श्रेष्ठ, कमल लामिछाने, अम्बिका जिसी, शेयर सदस्य रिता खड्का, हिमाल पौडेलले शेयर सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप ५ हजार रुपैयाँ र समवेदना पत्र प्रदान गर्नुभएको थियोे ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

संस्थामा हाल २ हजार ७ सय जना शेयर सदस्य, ५ करोड शेयर पूँजि, ३२ करोड बचत, ३४ करोड कर्जा लगानी र ४५ करोड कुल सम्पत्ती रहेको संस्थाका सचिव ललिता थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *