गलकोटमा तरकारी पसलमा आगलागी, ४ लाख बढीको क्षति

तस्बिरः सामाजिक सञ्जाल

आदर्श अनलाइन, गलकोट

जिल्लाको गलकोट नगरपालिका वडा नम्वर ६ को एक तरकारी पसलमा आगलागी भएको छ ।

मंगलबार राती करिब साढे १२ बजे पछि आगलागी हुदाँ तरकारी पसलमा पुर्ण रुपमा क्षति पुगेको छ ।

गलकोट नगरपालिका वडा नम्वर ६ नौबिसेचोक कालिमाटीमा रहेको स्थानीय राजु गैरेको घरको भुईतलामा तरकारी पसल रहेको सटरमा आगलागी भएको हो । आगलागीका कारण पुर्ण बहादुर तामाङले संचालन गदैं आउनुभएको तरकारी पसलमा करिब ४ लाख बढीको क्षति भएको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरिक्षक अर्जुन बम मल्लले जानकारी दिनुभयो । गैरेको उत्त सटरमा क्षति पुगेपनि घरको अन्य ठाँउमा भने आगोलागी नभएको प्रहरीले जनाएको छ ।

आगो विहान पौने २ बजे मात्रै स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । यसका बारेमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । समयमै थाहा पाएकोले थप क्षति हुनबाट जोगिएको स्थानीय कमल थापाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *