धम्जाका क्यान्सर पीडित किसानको उपचारका लागि सहयोग अभियान

आदर्श अनलाइन,बागलुङ

जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर-३ धम्जाका एक परिवारले उपचारका लागि सहयोग अपिल गरेका छन् ।

६२ वर्षीया पार्वती किसानलाई केही समय यता फोक्सोको ट्युमर (क्यान्सर) भएको र उपचारका लागि आर्थिक अभाव भए पछि अहिले सहयोग अभियान थालिएको छ ।

किसान परिवारको आर्थिक अवस्था कमजोर भएको र जटिल स्वास्थ्य समस्या देखिएकाले उपचारमा सहयोगका पु¥याउन अभियान सुरु गरिएको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाका वार्ड सदस्य खुम भण्डारीले आदर्श अनलाइनलाई बताउनुभयो ।

पटक–पटक बिरामी भइरहेकाले पोखराको गण्डकी अस्पतालमा परीक्षण गर्दा पार्वतीलाई फोक्सोको क्यान्सर पुष्टि भएको थियो । ‘परिवारको नियमित आम्दानीको स्रोत छैन । गाउँमै खेतबारीमा दुःखजिलो गरेर जिविका चलाउनु भएको थियो,’ भण्डारीले भन्नुभयो, ‘यस्तो सोच्दै नसोचेको रोग लागे पछि परिवारमा ठूलो संकट आइलागेको छ, आफै उपचार गर्ने अवस्था छैन, त्यसैले सहयोगका लागि देश विदेशमा स्वतस्फुर्त रुपमा अभियान थालिएको छ ।’

ऋणधन गरेर पछिल्लो ५/७ महिनाको अवधीमै डेढ लाख रुपैयाँ भन्दा बढी उपचारमा खर्च भइसकेको क्यान्सर पीडित पार्वतीका छोरा नवीन बोहोराले बताउनुभयो । ‘यही ऋण के कसरी तिर्ने भन्ने पिरलो एकातिर छ, त्यो भन्दा बढी आमाको जीवन कसरी बचाउने भन्ने पिरले सताइरहेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले पोखरा पु¥याएर नियमित रुपमा किमो थेरापी गर्नुपर्दछ । यसमा औषधी उपचार, आवतजावत सहित एक पटकमा ४०/५० हजार रुपैयाँ खर्च हुन्छ । यो हाम्रो क्षमता भन्दा बाहिरको कुरा भएकाले सबैसँग सहयोगका लागि हात फैलाएका छौ ।’

पार्वतीको उपचारका लागि प्रभू बैंकमा जिती किसानको नाममा रहेको खाता नम्बर ०६००१४४०१२३०००१६ मा सिधै जम्मा गर्न पनि सक्ने उपचार सहयोग समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *